काठमाडौं । नेकपाभित्र राजदूत नियुक्ति प्रकरणले असन्तुष्टि जन्माएको छ। सरकारले पार्टीको सल्लाहविना राजदूत नियुक्त गरेपछि असन्तुष्टि देखिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजदूतलगायतका नियुक्ति अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहबिना गरेपछि बिहीबार हुने भनिएको दुई अध्यक्षको भेटघाटसमेत रोकियो।
बिहीबारको मन्त्रिपरिषद् बैठकले बेलायत र अमेरिकाको राजदूतमा क्रमशः निवर्तमान मुख्य सचिव लोकदर्शन रेग्मी र डा. युवराज खतिवडालाई नियुक्त गर्नेगरी सिफारिस गरेपछि असन्तुष्टि जनाउँदै दाहालले बिहीबारको भेट रद्द गरेको उनीनिकट स्रोतले जानकारी दियो।
प्रधानमन्त्री ओलीले राजदूत नियुक्तिमा पार्टीका कार्यकारी अध्यक्ष वा अन्य सचिवालय सदस्यहरुसँग कुनै पनि परामर्श गरेका थिएनन्। यसअघि ६ महिना लामो विवाद टुंग्याउने प्रयासस्वरुप स्थायी कमिटी बैठकले राष्ट्रिय महत्वका नियुक्तिहरु दुई अध्यक्षको परामर्श एवं सचिवालय सदस्यहरुको सल्लाहमा गर्ने निर्णय भदौ २६ गते गरेको थियो। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १६ असोज २०७७, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकताको सम्भावना छैन: ओली
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली