सिरहा । सिरहाका विभिन्न सीमावर्ती क्षेत्रबाट अवैध सामानहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
भन्सार छलेर भित्र्याइँदै गरेका र भारततर्फ लैजाँदै गरिएका करिब ११ लाख १० हजार ४२५ बराबरका मोटरसाइकल, किराना सामान र मदिरा सशस्त्र प्रहरीले बरामद गरेको हो ।
शुक्रबार मात्र न. ७ गण हेडक्वार्टर सिरहाले शुक्रबार जिल्लाका विभिन्न सीमा क्षेत्रमा सञ्चालन गरेको गस्ती तथा निगरानीका क्रममा उक्त सामग्री बरामद गरेको हो ।
सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमन जंग थापाका अनुसार बरामद गरिएका मोटरसाइकल, किराना सामग्री र मदिराको अनुमानित मूल्य रु. ११,१०,४२५ रहेको छ। बरामद सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।
एसपी थापाले सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा भन्सार छलि नियन्त्रणका लागि सुरक्षा निगरानी र गस्तीलाई अझ प्रभावकारी बनाइएको पनि बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असार २०८३, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीद्वारा अवैध सामान बरामद
सिराहाबाट १९ लाख भन्दा बढीको अवैध सामानसहित दुई जना पक्राउ
रुपन्देहीमा ११ लाख बढीको सामान बरामद
रुपन्देहीमा अवैध सामान बरामद
अब उपभोक्ताले पाउने छन् सस्तोमा सामान
३ महिनामा २६ करोडको अवैध सामान बरामद