पदाधिकारी बैठकमा रामचन्द्र पौडेलप्रति देउवाको आक्रोश :  ‘म सँग चुनाव हारेदेखि रामचन्द्र जीले असहयोग गर्नुभयो’

सफल खबर संवाददाता

विहीबार, १५ असोज २०७७, ०८ : ५१
पदाधिकारी बैठकमा रामचन्द्र पौडेलप्रति देउवाको आक्रोश :  ‘म सँग चुनाव हारेदेखि रामचन्द्र जीले असहयोग गर्नुभयो’

काठमाडौं । सत्तारुढ दलमा मात्रै होइन्, प्रतिपक्ष काँग्रेसको आन्तरिक राजनीति पनि किचलोपूर्ण छ । सभापति शेरबहादुर देउवाले नियतवश महाधिवेशन कब्जा गर्ने र पूनः नेतृत्वमा उदाउने रणनीतिका साथ अनेक वैद्य÷अवैद्य क्रियाकलाप गरेको आरोप रामचन्द्र पौडेल पक्षले लगाईरहेको छ ।

फागुन ७ देखि तय भएको महाधिवेशन समेत अहिले पछि धकेल्ने रणनीतिमा देउवा लागेको, क्रियाशिल सदस्यता वितरणमा एकलौटी गरेको र पार्टी कब्जा गर्ने नियतमा देउवा अगाडी बढेको आरोप सहित पौडेल सहित उनी पक्षका २७ केन्द्रीय नेताले पार्टी कार्यलयमा विरोध पत्र बुझाएका थिए । १७ असोजमा पार्टी केन्द्रीय समितिको बैठक देउवाले बोलाएका छन् । पार्टी महाधिवेशन सार्ने योजनामा देउवा लागेको आरोप पौडेल पक्षले लगाईरहेका बेला देउवाले भने आफु निकट पदाधिकारी बैठकमा पौडेलले शुरु देखि नै आफुलाई असहयोग गर्ने नीति लिएको आरोप लगाएका हुन् ।

‘१३ औं महाधिवशेनमा रामचन्द्र जी म सँग पराजित हुनुभयो, पराजित भए देखि नै मलाई असहयोग गर्ने नीति लिनुभयो, काम मलाई गर्ने नदिने अनि समयमा काम भएन, पछि समय घर्केपछि मात्र एकलौटी गर्यो भन्न्ने कुरामात्रै उहाँ (रामचन्द्र)ले गर्न थाल्नुभयो,’ देउवाले आफु निकट पदाधिकारीसँग भने, –‘रामचन्द्र जीमा पूर्वाग्रह देखिदैछ । घटनाक्रमले त्यसको पुष्टि गर्दै लगेको छ ।’

पार्टीभित्र आफुले सबैलाई समेटेर लैजान गरेको प्रयासमा पनि पौडेल पक्षले अवरोध गरेको देउवाको भनाई थियो । देउवा निकट एक पदाधिकारीले देउवाको भनाई उद्यृत गर्दै भने, –‘मैले शुरु देखि विभाग गठनका लागि उहाँको टिमको नाम मागे, नामै दिनुभएन, कुरेरै बसे, तर पनि नाम दिनुभएन, नामै नदिएर अल्झाउने काम उहाँले गर्नुभयो, भएन भनेर अब गठन गर्नुपर्छ भनेर गठन गरियो, अनि अवैधानिक भन्ने ? पौडेलले सहयोग नगरेपछि पार्टीमा समस्या देखा परेको हो ।’ 

देउवाले पार्टीमा आफुले सवैलाई साथै लिएर जान चाहेको पनि बताएका थिए । ‘महाधिवशेनका सवालमा पनि मेरो फरक कुरा छैनन्,’ देउवाको भनाई उद्यृत गर्दै ति नेताले भने,–‘१७ गते पार्टी बैठक बोलाईएको छ , त्यही खुल्ला छलफल गरौं, मेरो प्रस्ताव यही भन्ने छैन्, जे सुझाव साथीहरुको आउँछ, त्यही आधारमा मात्र एउटा निर्णयमा पुग्यौं ।’
 

प्रतिक्रिया दिनुहोस