नेता सुरेन्द्र पाण्डेलाई बालुवाटारबाट यसरी फोन गएपछि.....

सुरेन्द्र पाण्डेको बालुवाटारलाई सन्देश–‘अर्थ बाहेक अन्य मन्त्री खान्न, प्रधानमन्त्रीलाई मेरो प्रष्ट सन्देश सुनाईदिनुहोला’

सफल खबर संवाददाता

मंगलबार, १३ असोज २०७७, ०८ : ४४
नेता सुरेन्द्र पाण्डेलाई बालुवाटारबाट यसरी फोन गएपछि.....

काठमाडौं । आइतबार बिहान ९ बजे !  नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको मोबाइलमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले गरेको फोनको घण्टी बज्यो ।

‘कमरेड सलाम ! आराम हुनुहुन्छ नी !’

राजनले सुरेन्द्र पाण्डेसँग गन्थन शुरु गरे । सन्चो÷बिसन्चो सोधेपछि राजनले सुरेन्द्रसँग सरकार पूर्नगठनका विषयमा प्रवेश गरे । ‘प्रधानमन्त्रीले सरकार पूर्नगठनमा तपाई (सुरेन्द्र) लाई सरकारमा लैजान चाहनुभएको छ । तपाईको सोच के छ कुन्नी ?’ राजनले सुरेन्द्रसँग जिज्ञासा राखे । बालुवाटार स्रोतका अनुसार राजनलाई प्रधानमन्त्रीले नै एकसरो सुरेन्द्र पाण्डे लगायतका केही नेताहरुसँग उनीहरुको चासोका विषयमा बुझन अहराई खटाई गरेका थिए ।

त्यही क्रममा राजनले सुरेन्द्रलाई फोन गरेका थिए ।  ‘दाई (सुरेन्द्र) प्रधानमन्त्रीले तपाई जस्ता क्लिन र काम गर्न सक्ने क्षमता भएका नेतालाई यो पटक पूर्नगठनमा पार्ने सोच्नुभएको छ, तपाईले यहीउही भन्ने भन्दा पनि एउटा महत्वपूर्ण मन्त्रालयमा गएर प्रधानमन्त्रीलाई सरकारमा बसेर सहयोग गर्नुपर्छ’ पाण्डेलाई राजनले भने ।

‘कुन मन्त्रालय दिनुहुन्छ, प्रधानमन्त्रीले मलाई ? मेरो आफ्ना केही मत छन्, केही मन्त्रालय रोजाईका छन्, त्यही मन्त्रालय दिनुहुन्छ भने जाने कुरा हुन्छ, नत्र म जान्न । मेरो रोजाई अर्थ बाहेक अन्यत्र अहिले छैन् । अर्थमन्त्रालय दिनुहुन्छ ?’ सुरेन्द्रले राजनसँग जिज्ञासा राखे ।  तर राजनले अर्थ मन्त्रालय प्रधानमन्त्रीले अन्य ब्यक्तीलाई दिने बारे सोचिरहेको र अर्थ बाहेकका मन्त्रालयमा के रहेछ धारणा बुझनुस् भनेकोले आफुले फोन गरेको पाण्डेसँगको कुराकानीमा बताए ।

‘मेरो स्टान्यन्ड पूरानै छ, मैले पहिले पनि भन्दै आएको हो, म सरकारमा गए अर्थ मन्त्रालय नै लिएर जाने हो, नत्र जान्न,’ पाण्डेले राजनसँग भने, –‘अहिले पनि सरकारमै जानुपर्छ भन्ने मेरो छैन, तर जाँदा अर्थ मन्त्रालय पाए मात्र जाने हो ।’ ओलीले पाण्डेलाई अर्थमा होइन, सहरी विकासमा लैजान चाहेका थिए । त्यही क्रममा पाण्डेको धारणा के रहेछ ? बुझनु भनी राजनलाई खटाएका थिए । ‘अर्थ पाए जान्छु, नत्र अन्य मन्त्रालयमा जान्न, साथीहरु अरु पनि हुनुहुन्छ, सार्वजनिक रुपमा मैले बोल्दै पनि आएको छु, प्रधानमन्त्री ज्यूलाई त्यही सन्देश सुनाईदिनुहोला । अर्थमा बाहेक मेरो अन्यत्र जाने रुची छैन,’ सुरेन्द्रले राजनलाई सन्देश दिए ।

ओलीले अर्थमा निर्वतमान अर्थमन्त्री डा. युवराज खतिवडालाई नै दोहो¥याउन चाहेका थिए । तर पार्टी भित्रको समिकरणले खतिवडालाई सांसदमा टिकाईराख्न ओलीले सकेनन् । अन्ततः खतिवडाले गैह सांसदका रुपमा सरकारको ६ महिना गुजारेर दुःखी मन लिदै बिदा हुनुपरेको थियो । तर पनि ओलीले कुनै न कुनै रुपमा खतिवडालाई अर्थ मन्त्रालयका कामसँगै जोड्न मन्त्री सरहको सेवा सुविधा दिने गरी आफ्नो विशेष आर्थिक सल्लाहकारका रुपमा नियुक्ति दिलाए । अहिले अर्थ मन्त्रालयमा विभागिय मन्त्री खाली रहदा पनि खतिवडाले खोपीभित्रबाट अर्थका कामहरु नियालिरहेको बालुवाटार स्रोत बताउँछ ।

ओलीले पार्टीभित्र पनि आफ्नै कोटरीको अर्थात आफ्नै घरभित्रको नेतालाई अर्थको वागडोर दिन चाहेका छन् । उनले आफ्नै समुहभित्रका नेता बाहेकलाई अर्थको तालाचाबी कुनै अर्थमा पनि बुझाउन चाहेका छैनन् । अर्थमा वामदेव गौतमले पनि रुची देखाईरहेका छन् । पूर्व माओवादी धारका तर्फबाट जर्नादन शर्माले पनि आँखा लगाएका छन् । तर गौतमको सांसद बन्न पाउने नपाउने भनी परेको रिट भोलिदेखि उनले थप सम्वैधानिक जिम्मेवारी लिन पाउने नपाउने बहसमा केन्द्रीत हुन थाल्दैछ ।

अहिलेलाई थप जिम्मेवारी नदिन सर्वाेच्चले रोकेको अवस्था छ । शर्मा पूर्व माओवादी धारका नेता भएकाले अर्थमा ओलीको रोजाईमा उनी पनि छैनन् । पूर्व एमाले धारकै भएपनि पाण्डे वरिष्ठ नेता माधव नेपाल समुहका भएका कारण उनलाई समेत दिन चाहेका छैनन् । अहिलेसम्म ओलीको रोजाईमा अर्थमा महासचिव विष्णु पौडेल नै बलियो दाबेदारका रुपमा देखा परिरहेका छन् । प्रधानमन्त्री ओली आफ्नो पूर्नगठित क्याबिनेटमा सहरी लगायतका अन्य केही विकासे मन्त्रालयमा पाण्डेले रुची देखाएमा उनलाई सरकारमा लैजान चाहिरहेका छन् ।

नेकपाभित्रको विवाद मिलाउने कार्यदलमा बसेर काम गरेको र एमसिसि लगायतका पार्टी भित्रकै विवादित एजेण्डामा पाण्डे अन्य नेताहरुभन्दा लचक देखिएका कारण पनि ओलीको रोजाईमा पाण्डे परेका हुन् । उनलाई सरकारमा सहभागी गराउदा आफु इतरको माधव नेपाल समुहलाई कमजोर बनाउन पनि सकिने र पाण्डे पनि आफ्नो विरोधमा भोलिका दिनमा आउन नसक्ने बुझाईमा ओली देखिन्छन् । तर उनले अर्थमा बाहेक अन्य मन्त्रालयमा नजाने बताएपछि ओली पाण्डेलाई कसरी अन्य मन्त्रालयमा भएपनि सहमत गराएर सरकारभित्र भित्राउने भन्ने कसरतमा लागेका देखिन्छन् ।

दुई अध्यक्ष प्रधानमन्त्री ओली र प्रचण्डका बीचमा मन्त्रिमण्डल पूर्नगठनका सन्र्दभमा दिनहुँ जसो छलफल जारी छ । तर कुन मन्त्रीलाई झिक्ने, कसलाई थप्ने भन्नेमै कुरा मिल्न नसकिरहेका कारण पूर्नगठनले ढिलाई भईरहेको छ । ओलीले भने आफु र आफु निकट नेताहरु, आफनो नीजि सचिवालयका नेताहरुलाई परिचालन गरेर विभिन्न नेताहरुको मन छाम्ने प्रयास अहिले गरिरहेका छन् । त्यही क्रममा राजन भटटराईलाई नेता सुरेन्द्र पाण्डेको मन छाप्न ओलीले अ¥हाएका हुन् ।
 

प्रतिक्रिया दिनुहोस