अफगानिस्तानमा हेलिकोप्टर दुर्घटनामा दुई पाइलटको मृत्यु

एजेन्सी

शुक्रबार, ०९ असोज २०७७, २१ : १६
अफगानिस्तानमा हेलिकोप्टर दुर्घटनामा दुई पाइलटको मृत्यु

file pic

एजेन्सी । अफगानिस्तानमा एक सैनिक हेलिकोप्टर दुर्घटनामा पर्दा त्यसमा रहेका दुई जना हेलिकोप्टर चालकको ज्यान गएको छ । अफगान एयर फोर्स्को सो हेलिकोप्टर बिहीबार दुर्घटनाग्रस्त भएको थियो ।

बाघलान प्रान्तमा सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको र त्यसमा रहेका दुई जना पाइलटको ज्यान गएको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ ।

बाघलान प्रान्तको पल एक खुम्री नगरमा सो सैनिक हेलिकोप्टर प्राविधिक गडबडीका कारण दुर्घटनामा परेको बताइएको थियो । यहाँको रक्षा मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।