एजेन्सी । दुई छिमेकी पाकिस्तान र अफगानिस्तान युद्धतिर होमिएका छन् । बिहीबार राति ढिलो अफगानिस्तानले पाकिस्तानमाथि हमला गरेको छ।
कुनार प्रान्तमा तालिवान लडाकुले गरेको आक्रमणमा पाकिस्तानी सेनाका ५५ जवान मारिएको जानकारी टोलो न्यूजले तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई उद्धृत गर्दै दिएको छ।
अफगान सरकारको दाबी अनुसार २३ पाकिस्तानी सैनिकका शव उनीहरूको नियन्त्रणमा छन्। पाकिस्तानी सेनाको एउटा मुख्यालय र १९ वटा चौकी पनि कब्जा गरिएको छ।
अफगानिस्तानका उपप्रवक्ता हमदुल्लाह फितरतले केही पाकिस्तानी सैनिकलाई जिउँदै पक्राउ गरिएको तथा धेरै हतियार, एउटा ट्यांक र एउटा हार्भेस्टर जफत गरिएको बताएका छन्।
उता पाकिस्तानी मिडियाका अनुसार जबाफी कारबाहीस्वरूप पाकिस्तान सरकारले ‘अपरेसन गजब लिल हक’ सुरु गरेको छ।
पाकिस्तान वायुसेनाले काबुल, नंगरहार प्रान्त लगायत विभिन्न सहरमा एयरस्ट्राइक गरेको छ। रिपोर्ट अनुसार पाकिस्तानका आक्रमणहरू अझै जारी छन्।
पाक सरकारले हालसम्म ७२ अफगान तालिबान लडाकु मारिएका जनाएको छ । १२० भन्दा बढी घाइते भएका छन्। १६ तालिबान चौकी ध्वस्त पारिएको र ७ वटामा कब्जा गरिएको बताइएको छ।
पाकिस्तान–अफगानिस्तान सीमामा भएको झडपमा अफगान पक्षले पाकिस्तानका कम्तीमा आठ वटा चौकी कब्जा गरेको दाबी गरेको छ। पछिल्ला केही दिनदेखि बढ्दै गएको तनावपछि दुवै देशका सीमा सुरक्षाबीच भारी भिडन्त भएको बताइएको छ।
अफगान तालिबान प्रशासनले पाकिस्तानले पहिले हवाई आक्रमण गरेको भन्दै त्यसको प्रतिशोधस्वरूप सीमा क्षेत्रमा कारबाही गरिएको जनाएको छ। उनीहरूले केही पाकिस्तानी सैनिक मारिएको तथा चौकीहरू आफ्नो नियन्त्रणमा आएको दाबी गरेका छन्।
उता पाकिस्तानी अधिकारीहरूले आफ्ना पोस्ट कब्जा नभएको र उल्टै अफगान लडाकुलाई ठूलो क्षति पुर्याएको बताएका छन्। दुवै पक्षले एकअर्कामाथि ‘उक्साहट’ र ‘अकारण आक्रमण’ को आरोप लगाइरहेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १५ फागुन २०८२, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा
टी-२० विश्वकप: भारत-पाकिस्तान महाभिडन्तमा वर्षा बाधक हुने, कोलम्बो पुग्यो भारतीय टोली
टी–२० विश्वकप : पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
भारत र पाकिस्तानबिचको खेलबारे अन्योल, अब निर्णय आईसीसीको हातमा !