एजेन्सी । पाकिस्तानले अफगानिस्तानको पक्तिका प्रान्तमा गरेको आक्रमणमा तीन जना अफगानी खेलाडीसहित पाँच जनाको मृत्यु भएको छ ।
यससँगै अफगानिस्तानको क्रिकेट बोर्ड (एसीबी) ले पाकिस्तानसँग नोभेम्बर महिनामा हुने तय गरिएको त्रिकोणात्मक टी–२० सिरिजमा भाग नलिने निर्णय गरेको छ।
एसीबीले मृतक तीन खेलाडीको तस्वीर सार्वजनिक गर्दै लेखेको छ, ‘शुक्रबार साँझ पाकिस्तानतर्फबाट भएको आक्रमणमा यी खेलाडीहरूलाई निशाना बनाइयो।’
बोर्डका अनुसार, यस घटनामा खेलाडी कबीर, सिबगतुल्लाह र हारुन सहित अन्य पाँच जना सर्वसाधारण नागरिकको पनि मृत्यु भएको हो।
बोर्डले भनेको छ, ‘हाम्रा खेलाडीहरूको सम्मान र यस दुःखद घटनाको प्रतिक्रियास्वरूप अफगानिस्तान क्रिकेट बोर्डले नोभेम्बर महिनाको अन्त्यमा पाकिस्तानसँग खेलिन तय भएको त्रिकोणात्मक टी–२० सिरिजबाट पछि हट्ने निर्णय गरेको छ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०१ कार्तिक २०८२, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम