काठमाडौं । सत्तारुढ दल नेकपाले गत स्थायी समिति बैठकले दिएको म्यान्डेट अनुसारको पार्टी कार्ययोजना बनाउन बोलाईएको सचिवालय बैठक आजै सक्ने तयारी गरेको छ । स्थायी समितिले मन्त्रिपरिषद् पूर्नगठन, राजनीतिक नियुक्तिहरुमा पार्टीको संस्थागत निर्णय, पार्टी एकताका बाँकी काम र महाधिवेशन लक्षित कार्यक्रम बनाएर अगाडी बढ्ने गरी प्रस्ताव पारित गरेको थियो ।
त्यही प्रस्तावमा उल्लेखित विषयलाई ब्यवहारिक रुप दिन आइतबार देखि नेकपा सचिवालय बैठक जारी छ । हिजो एक दिन स्थगित भएको बैठक आज पूनः मध्यान्ह साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाईएको छ । बैठकमा मन्त्रिपरिषद् पूर्नगठन, राजनीतिक तथा सम्वैधानिक नियुक्तिहरुबारे सुझाव, संगठनात्मक काम र विविध शीर्षकका चार वटा एजेण्डा बैठकमा प्रस्तुत भएका छन् । जसमध्ये पहिलो एजेण्डामा भने नेकपाका नेताहरुले आइतबार छलफल एकसरो गरिसकेका छन् ।
यसैमा आज पनि थप छलफल गरेर दुई अध्यक्षलाई केही नीतिगत मान्यता र मापदण्डमा रहेर निर्णय लिन सुझाउने देखि राजनीतिक र सम्वैधानिक नियुक्ति लगायतका विषयमा सुझाव दिने तयारी छ । केही महत्वपूर्ण संगठनात्मक एकताका बाँकी काम टुंग्याउने पर्नेमा टुंगो लगाउने र पार्टी नेताहरु जो नियमित जिविकोपार्जनमा समेत अप्ठयारो अवस्थामा छन्, उनीहरुको भरणपोषणको ब्यवस्था गर्ने र केही रिक्त पदहरुको पदपूर्ति गर्ने सम्मका कार्ययोजनामा थप निर्णय गर्दै बैठक आजै सक्ने तयारी दुई अध्यक्षको छ ।
यही तयारीका साथ हिजो दुई अध्यक्षले प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै ढेड घण्टा छलफल गरेका थिए । त्यही छलफलका आधारमा ओली र प्रचण्डले आज मन्त्रिमण्डल पूर्नगठन र राजनीतिक सम्बैधानिक नियुक्तिमा सचिवालय सदस्यहरुको सुझाव लिएर र केही महत्वपूर्ण निर्णय गरेर बैठक सक्ने योजना बनेको स्रोतको भनाई छ ।
नीतिगत रुपमा सचिवालय सदस्यले दिने सुझाव र मापदण्डमा टेकेर त्यसपछि ओली प्रचण्डले थप एकचरण छलफल गरेपछि मन्त्रिमण्डल पूर्नगठनको बाटोमा नेकपा अगाडी बढ्ने नेताहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ असोज २०७७, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
परराष्ट्र मन्त्रीको स्पष्टीकरण नेकपाद्वारा अस्वीकार