काठमाडौं । नेकपाले मन्त्रिमण्डल पूर्नगठनको सैद्धान्तिक छलफल हिजाबाट पार्टीमा संस्थागत रुपमा शुरु गरेको छ । ओलीले यस अगाडी सरकारमा जाने मन्त्रीहरुका विषयमा कुनै संस्थागत छलफल नगराएपनि पहिलो पटक पार्टी बैठकमा यस विषयमा औपचारिक छलफल शुरु भएको छ ।
बैठकमा सबै मन्त्री झिकेर नयाँ सेट नै लैजाने, दुई वर्ष पूरा भएका सबैलाई झिकेर नयाँ लैजाने या रिक्त रहेका मन्त्रालयमा थप नयाँ मन्त्री नियुक्त गर्ने र काम देखाउन नसकेकालाई कार्यक्षमताका आधारमा हेरेर मात्र बदल्ने भन्ने विकल्पमा छलफल हिजोबाट शुरु भएको छ । उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सरकारमा जाने रहर देखाएका छन् ।
उनीहरु जान पाउने नपाउने, संविधानको ब्याख्या के हुन्छ भन्ने बहस पनि नेकपामा छ । यही बहसका बीच ओलीले सरकारका सबै मन्त्रीको सेट परिवर्तन नहुने बताईसकेका छन् । यस अर्थमा अब सबै मन्त्री फेरिदैनन् । तर बढी भन्दा बढी मन्त्रीहरु फेर्ने कोसिस भने जारी छ । शक्ति सन्तुलनमा निर्णयक स्थानमा देखिएका गृहमन्त्री रामबहादुर थापा (बादल)को पद के होला ? यसमा पनि बाहिरी चर्चा छ ।
उनलाई हटाउने या राख्नेमा के गर्लान् ओली र प्रचण्डले भन्ने ढंगले छलफल छ । तर दुवै नेताले आफनो शक्ति सन्तुलन कायम राख्न पनि उनलाई राखेरै जाने निर्णयमा ओली र प्रचण्ड दुवै जान पुग्न सक्ने अड्कलबाजी भईरहदा गृहमन्त्री थापा भने अध्यक्ष प्रचण्ड भेटन खुमलटार पुगेका छन् ।उनले अहिले बिहान खुमलटार पुगेर प्रचण्डसँग झण्डै एक घण्टा लामो समय छलफल गरेर बाहिरिएका छन् ।
दुई नेता बीचको छलफलका विषयमा केही कुरा सार्वजनिक हुन नसकेपनि स्रोतका अनुसार, मन्त्रिमण्डल हेरफेरकै विषयमा केन्द्रीत रहेर प्रचण्ड र बादलका बीचमा छलफल भएको हुन सक्ने बताईएको छ । बादललाई अहिले ओली आफैले पनि पार्टीभित्रको सचिवालयमा आफ्नो समिकरण बलियो बनाई राख्नका लागि पनि जोगाएर जाने नीतिमा देखिएका छन् ।
सरकारमा रहदा बादलले प्रधानमन्त्रीको आलोचनामा आफुलाई नउभ्याई सहयोगीकै भूमिका यस अगाडी देखाएका थिए । बादललाई हटाउने प्रस्ताव लाँदा आफुबाट उनी सधै टाढिन सक्ने ठानी प्रचण्ड पनि उनको सवालमा कुनै बोल्ड डिसिजनमा जान सक्ने अवस्थामा छैनन् ।
यही बीचमा आज पनि नेकपाको सचिवालय बैठक दिउँसो १ वजे पेरिसडाँडामा बस्दैछ । मन्त्रीमण्डल पूर्नगठनकै केही बाँकी सैद्धान्तिक विषयमा छलफल गरेर बैठक राजनीतिक र सम्वैधानिक नियुक्तिको मापदण्डका विषयमा छलफलमा केन्द्रीत हुने देखिदैंछ । यस अर्थमा पनि प्रचण्ड र बादल बीचको भेट अर्थपूर्ण रहेको चर्चा नेकपावृतमा छ ।
गृहमन्त्रालय स्रोतले भन्यो, उहाँहरु (अध्यक्ष प्रचण्ड र गृहमन्त्री) बीच खुमलटारमा भेटवार्ता भएको हो, तर के कति कारणले भेट भएको भन्ने थाहा छैन् । तर पार्टी बैठकमा छलफलमा रहेका एजेण्डाहरुका विषयमा छलफल भएको पनि हुनसक्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ असोज २०७७, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैठकमा आफ्नो कुरा राखेर उठेर हिँड्ने जनार्दनको शैली अराजक: प्रचण्ड
चितवनबाट उठेको न्यायको आवाज — जेन Z आन्दोलनमाथिको दमन र विद्यार्थी हत्याविरुद्ध हस्ताक्षर अभियान सम्पन्न!
देशमा क्रान्ति र प्रतिक्रान्ति आमनेसामने छन् : प्रचण्ड
प्रचण्डसँग महराको गुनासै गुनासो
के छन् माओवादी निकट जेनजी रेडफोर्सका मागहरू ? हेर्नुहोस् (विस्तृतमा)
राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन ‘प्रचण्ड’को आह्वान