नेकपाको सचिवालय बैठक समापन, मन्त्रिपरिषद् पुनर्गठनबारे भोलि पनि छलफल हुने

सफल खबर संवाददाता

आइतबार, ०४ असोज २०७७, १५ : ३४
नेकपाको सचिवालय बैठक समापन,  मन्त्रिपरिषद् पुनर्गठनबारे भोलि  पनि छलफल हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक चार घन्टा बसेर समापन भएको छ। सत्तारुढ नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनले प्रवेश पाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

पार्टी कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा नेताहरुले यसबारे आआफ्नो धारणा राखेका हुन् । मन्त्रिपरिषद् पुनर्गठनको विषयमा विभिन्न कोणबाट छलफल भएको र भोलि (सोमबार) बस्ने बैठकमा पनि यस विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताए । 

प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पहिलोपटक पार्टी कार्यालय पेरिसडाँडामा बसेको हो। स्थायी कमिटीका निर्णयलाई कार्यान्वयन गर्न सचिवालय बैठक बसेको हो। ४ कार्यसूचीबारे छलफल भएको छ । 

चार कार्यसूची तय भएपनि पहिलो कार्यसूचीमा मात्र छलफल भएको श्रेष्ठले बताए । यस्तै संवैधानिक राजनीतिक नियुक्ति गर्न आधार तय गर्न कार्यसूची तय भएको छ। यसका साथै एकीकरणका बाँकी कामका विषयमा पनि कार्यसूची तय भएको छ । यस्तै संगठन र विभागका निर्णयबारे पनि कार्यसूची तय भएको प्रवक्ता श्रेष्ठ बताउँछन् । 

संवैधानिक पदमा रिक्त रहेका पदहरुका विषयमा समेत सचिवालय बैठकमा छलफल भएको छ । अहिले अख्तियारलगायत महत्वपूर्ण निकायमा ४२ पद रिक्त  छन्। बैठक भोलि सोमबार पनि पेसिसडाँडामा नै दिउँसो १ बजे बस्नेछ। 


 

प्रतिक्रिया दिनुहोस