काठमाडौं । जनता समाजवादी पार्टी नेपालले जेलमा रहेका आफ्ना नेता रेशम चौधरीलाई रिहाईको माग गरेको छ । जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गरी रेशम चौधरीलाई रिहाइ गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा मधेश तथा थरुहट आन्दोलनमा सहभागी भएका केही नेता तथा कार्यकर्तामाथि सरकारद्धारा मुद्दा चलाउने धन, सम्पत्ति रोका गर्ने, थुनामा राख्ने कार्य अझै जारी रहेको दावी गर्दै त्यस्तो कार्य बन्द गर्न सरकारसँग आग्रह गरिएको छ ।
जनआन्दोलन, सशस्त्र विद्रोह, जनयुद्ध तथा मधेश आन्दोलन र थरुहट आन्दोलन लगायतका विभिन्न संघर्ष एवं बलदानीका कराण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको जसपा नेपालको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ भदौ २०७७, १७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेशम चौधरीको उम्मेदवारी खारेजविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
रेशम चौधरीको उम्मेदवारी खारेज
रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरी एउटै चुनाव चिह्नबाट लड्ने
रेशमको पार्टीले पनि अघि सार्यो प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा
नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा रेशम चौधरी