काठमाडौँ। रेसम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासन प्रणालीको एजेण्डा अघि सारेको छ ।
दल दर्ताको निवेदन दिइसकेपछि बसेको पार्टीको पहिलो बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासन प्रणालीको एजेण्डा अघि सारेको पार्टीका अध्यक्ष कबिर सोबले जानकारी दिएका छन् ।
प्रत्यक्ष निर्वाचित भइसकेपछि देशमा स्थिर सरकार रहने र ५ वर्षसम्म ढुक्कले काम गर्न सक्ने वातावरण हुने उनको दाबी छ ।
यस्तै प्रत्यक्ष निर्वाचित अन्य पदहरू पनि हुनुपर्ने र त्यसमा समानुपातिक समावेशीको सिद्धान्त अनुसार अगाडि बढाउनुपर्ने नीति लागू हुनुपर्ने पार्टीको एजेण्डा रहने उनको भनाइ छ ।
बैठकले रेसम चौधरीलाई पार्टीको संरक्षकको रूपमा रहने समेत निर्णय गरेको छ।
हाल पार्टीको वरिष्ठ उपाध्यक्षमा अब्दुल खान, महासचिवमा डा. उमाशंकर प्रसाद चौधरी रहेका छन् भने कोषाध्यक्षमा, सचिव र केन्द्रीय सदस्यहरू पार्टीको केन्द्रीय कमिटीको बैठकले टुंगो लगाउने अध्यक्ष सोबले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ कार्तिक २०८२, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा रेशम चौधरी
रेशम चौधरीद्वारा नागरिक उन्मुक्ति पार्टी छोडेको घोषणा
रञ्जिताले बोलाएको बैठकमा रेशम पक्ष उपस्थित नहुने
लिचीबारी घुस काण्डबारे श्रीमती रञ्जितासँग रेशम चौधरीले मागे जवाफ
रेशम चौधरीको प्रधानमन्त्रीसँग भेट
रास्वपाद्वारा रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन गर्न माग