माधव नेपालले पार्टीमा राखेका यस्ता छन्, १७ बुँदे (प्रस्ताव सहित)

सफल खबर संवाददाता

शनिबार, २७ भदौ २०७७, ०९ : १०
माधव नेपालले पार्टीमा राखेका यस्ता छन्, १७ बुँदे (प्रस्ताव सहित)

काठमाडौं । सत्तारुढ दल नेकपामा दुई अध्यक्षको मिलापत्रप्रति शंकाको लाभले हेरिरहेका वरिष्ठ नेता माधव नेपालले हिजोको स्थायी समिति बैठकमा १७ बुँदे सुझाव राखेका छन् । पार्टीलाई विधि र पद्धतीका अनुसार अगाडी बढाउनुपर्ने, एक व्यक्ति एक मुख्य जिम्मेवारीका विषय पार्टीले छोड्न नहुने जस्ता प्रस्ताव नेपालले राखेका हुन् । 

दुई अध्यक्षले आफ्ना कार्यविभाजनलाई स्पष्ट पार्दै पार्टीभित्रको अन्तरविरोध महाधिवेशनमा लगेर हल गर्ने उदेश्यसहित अगाडी सारेको प्रस्तावमा टिप्पणी गर्दैै नेता नेपालले ५ पृष्ठमा लिखित रुपमै १७ बुँदे सुझाव राखेका हुन् । नेपालले पार्टी बैठकमा राखेको १७ बुँदे सुझाव सफल खवरले फेला पारेको छ । तत्कालिन एमाले र माओवादी केन्द्रका बीचको एकता पछि पार्टीभित्र विधि मिचिएको भन्दै उनले विधिमा जोड दिदैं सुझाव राखेका हुन् ।  ‘यो दुई पार्टी बीचको एकता हो । पार्टी एकता मुलत साविक कमिटिहरु बीचको एकता हो भन्ने बुझनुपर्छ ।

अध्यक्षहरु नै पार्टीका प्रमुखहरु हुन् । तर यसलाई दुई अध्यक्षहरुको जिम्मेवारी बाँडफाँड वा समझदारीको आधारमा मात्र भनेर ब्याख्या गर्न सकिदैन । यो समग्र पार्टी पंक्तिको एकता हो । त्यसैले निश्चित विधिमा आधारित भएर एकता गर्नुपर्छ र सोही अनुसार जिम्मेवारी दिनुपर्छ,’ वरिष्ठ नेता नेपालले पार्टी बैठकमा राखेको सुझाव प्रस्तावमा भनिएको छ, –‘पार्टी विधानको धारा ४६ (क) अनुसार सबै तहमा र सबै ब्यक्तीको हकमा एक ब्यक्ति एक प्रमुख जिम्मेवारी दिन सकिन्छ एवंम नेतृत्व समेत विकास हुन्छ ।

एकताको सन्देश दिने बेला साविक कमिटिमा रहेका कसैलाई पनि अपमान नसहने गरी कमिटि निर्माण गर्नुपर्छ । अहिलेलाई पार्टी सचिवालय, स्थायी कमिटिको निर्देशन र सर्कुलर अनुरुप साविक कमिटिका सिनियरलाई राखेर एकीकृत कमिटि निर्माण गर्नुपर्छ र अधिवेशनमा निश्चित विधि बनाएर प्रतिस्पर्धा हुने वातावरण निर्माण गरी योग्य र नयाँलाई पनि पार्टीमा जिम्मेवारी दिने कुराको सुनिश्चितता गरिनुपर्छ ।’ उनले पार्टीका नेतृत्व तहका बीचमा हार्दिकता हुनुपर्ने भन्दै सम्पूर्ण पार्टी पंक्ति प्रति कमरेडली, पूर्वाग्रह मुक्त ब्यवहार गरिनुपर्नेमा जोड दिएका छन् । 

‘विगतमा पार्टी निर्माणमा सबैले योगदान दिएकोले उनीहरुको कामको प्रसंसा तथा उनीहरुप्रति सम्मानभाव राख्नुपर्छ । यदि आपसी सम्बन्धमा गहिरो हार्दिकता हुन सकेन भने पनि न्यूनतम समझदारी निर्माण गर्नुपर्छ । कुनै पनि सहकर्मीमाथी घोचपेच खिसिटियरी गर्ने, अपमान तथा सार्वजनिक बेइज्जती गर्नुहुदैन,’ नेता नेपालले बैठकमा राखेको सुझावमा भनिएको छ,–‘एउटालाई प्रयोग गरेर अर्काेलाई देखाईदिने वा समाप्त बनाउने काम गर्नुहुदैन् । पार्टीभित्र झाँगिएको गैरसर्वहारा एवं गैर कम्युनिष्ट प्रवृति र चरित्रका विरुद्ध ब्यापक सुद्धिकरण अभियान र वैचारिक सैद्दान्तिक प्रशिक्षण चलाउनु पर्छ ।’
 
हेर्नुहोस, नेपालले राखेको १७ बुँदे सुझाव :


 

प्रतिक्रिया दिनुहोस