सहज ढंगले चुनाव हुने वातावरण बनाउन सरकारसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

सफल खबर संवाददाता

शुक्रबार, २१ कार्तिक २०८२, १५ : १४
सहज ढंगले चुनाव हुने वातावरण बनाउन सरकारसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचन व्यवस्थित ढंगले सम्पन्न गर्नका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।

शुक्रबार सिंहदरवारमा बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोल्दै उनले सो शान्ति सुरक्षासहित सबै पक्षलाई निर्वाचनमा सहज ढंगले सहभागिता हुने गरी आवश्यक वातावरण बनाउन सरकारसँग अनुरोध गरेका हुन् ।

अध्यक्ष दाहालले भने, ‘निर्वाचन शान्तिपूर्ण ढंगले, व्यवस्थित ढंगले सम्पन्न गर्न आवश्यक कदम चाल्नको निम्ति हामी सरकारलाई आग्रह पनि गर्दछौँ । त्यसलाई व्यवस्थित गरेर लैजान र शान्ति सुरक्षासहित सबै पक्षलाई चुनावमा सहज ढंगले सहभागिताका निम्ति त्यो वातावरण बनाउनका निम्ति पनि सरकारसँग विशेष आग्रह गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस