काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिएका छन्।
मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सरकारले घोषणा गरेको निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन आफूहरूले पनि सहयोग गर्ने भन्दै राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिएका हुन्। उनले संविधानलाई संशोधन गर्दै संघीयतालाई परिष्कृत र सुधार गर्न सकिने भन्दै संविधान सुधारको पक्षमा बृहत् राजनीतिक छलफलको आवश्यकता रहेको धारणा राखेका छन् । अध्यक्ष नेपालले सबै राजनीतिक दल र नेताहरूलाई उस्तै-उस्तै नठान्न आग्रह समेत गरे। उनले सुशासन, भ्रष्टाचारको अन्त्य लगायत जेनजी पुस्ताको मागप्रति यसअघिको सरकार गम्भीर नभएका कारण युवाहरू सडकमा आउनुपरेको र सो क्रममा दुखद घटना भएको बताए। उनले जेनजी आन्दोलनमा भएको घुसपैठको छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्नुपर्ने जिकिर गरेका छन्। अध्यक्ष नेपालले जेनजी पुस्ताहरूको आन्दोलनका क्रममा गोली चलाउने काम पनि निन्दनीय भएकाले त्यसको पनि उचित छानबिन हुनुपर्ने धारणा राखे। संविधान र गणतन्त्रमाथि आँच आउने काम कसैले पनि गर्न नहुने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ कार्तिक २०८२, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
इतिहासका कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ : माधव नेपाल