नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ

सफल खबर संवाददाता

शनिबार, २२ कार्तिक २०८२, १६ : ३९
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ

काठमाडौँ । नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यति समूहको बहुचर्चित जग्गा प्रकरण नेपाल ट्रस्टमा कार्यरत तत्कालीन सहसचिव कार्कीलाई शुक्रबार चितवनबाट पक्राउ गरेको हो ।

कार्की ट्रस्टको नाममा दर्ता कायम रहेको दरबारमार्गस्थित जग्गा र थामशेर्कु ट्रेकिङ प्रालिबीच लिजमा दिने लिने करारमाथि ठगी, आपराधिक कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो । 

प्रतिक्रिया दिनुहोस