काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदी बन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने बताएका छन्।
शनिबार काठमाडौँमा उद्योग वाणिज्य महासंघद्वारा आयोजित राष्ट्रिय बृहत् आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उनले यसमा नागरिक स्तरको तहबाट पनि सहयोग आवश्यक रहेको बताएको हो ।
सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन सक्ने बताए। उनले अहिलेसम्म जेन जेड आन्दोलनका क्रममा लुटिएका ७ सय १० वटा हतियार फिर्ता भइसकेको र केही अझै फिर्ता हुन बाँकी रहेकोसमेत जनाकारी दिए ।
आन्दोलनका क्रममा १४ हजार ५ सय ४९ जना फरार रहेकोमा ९ हजार ५ सय २१ जना फिर्ता आइसकेको र अझै पाँच हजार १ सय ५ जना बाहिर रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ कार्तिक २०८२, १८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल
गृहमन्त्रीद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस्
गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक
मिथ्या सूचना नियमन गर्न गृहमन्त्रीको चासो