काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदी बन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने बताएका छन्।
शनिबार काठमाडौँमा उद्योग वाणिज्य महासंघद्वारा आयोजित राष्ट्रिय बृहत् आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उनले यसमा नागरिक स्तरको तहबाट पनि सहयोग आवश्यक रहेको बताएको हो ।
सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन सक्ने बताए। उनले अहिलेसम्म जेन जेड आन्दोलनका क्रममा लुटिएका ७ सय १० वटा हतियार फिर्ता भइसकेको र केही अझै फिर्ता हुन बाँकी रहेकोसमेत जनाकारी दिए ।
आन्दोलनका क्रममा १४ हजार ५ सय ४९ जना फरार रहेकोमा ९ हजार ५ सय २१ जना फिर्ता आइसकेको र अझै पाँच हजार १ सय ५ जना बाहिर रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ कार्तिक २०८२, १८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव