रास्वपाको पार्टी सदस्य संख्या ३ लाख, ३ जिल्लामा समिति बन्न बाँकी

सफल खबर संवाददाता

शुक्रबार, २१ कार्तिक २०८२, १३ : २५
रास्वपाको पार्टी सदस्य संख्या ३ लाख, ३ जिल्लामा समिति बन्न बाँकी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सदस्य संख्या ३ लाख पुगेको छ ।

स्थापना भएको ४० महिनामा ३ लाख पार्टी सदस्य बनेको रास्वपाले जनाएको छ । अझै ३ जिल्लामा समिति बन्न बाँकी रहेको छ ।

पार्टीका अनुसार हिमाली जिल्लाहरूमा पार्टीको कुनै पनि संरचना बन्न सकेको छैन ।

७७ जिल्ला मध्ये ७४ जिल्लामा मात्रै पार्टीका संरचना बनेका छन् । ७५३ मध्ये ५५० पालिका र ४ हजार वडामा समिति बनेको सो पार्टीले जनाएको छ ।