काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन जेड आन्दोलन पृष्ठभूमिमा राज्यविहीनताको फाइदा उठाउँदै केही उच्छृङ्खल समूहले उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति सरकारलाई अस्वीकार्य भएको बताएकी छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस २.०’ लाई सम्बोधन गर्दै उहाँले उक्त क्षतिबाट मर्माहत भएको निजी क्षेत्रलाई तत्काल राहत दिँदै आत्मविश्वासको जगेर्ना गर्न सरकारले कुनै प्रयास बाँकी नराख्ने विश्वास दिलाइन् ।
कानुनको शासन स्थापित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिन सम्पूर्ण शक्तिका साथ सरकार लागिपरेको बताइन् । “घुस खोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल सह्य छैन, लोकतन्त्रका नाममा लुटतन्त्र हामीलाई स्वीकार्य छैन, इमानदार उद्यमीलाई प्रताडित गर्ने र नीतिगत चलखेल गर्नेहरू पोसिने अवस्था रहनुहुँदैन”, जेन जेड आन्दोलनको सन्देश स्पष्ट पार्दै उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २२ कार्तिक २०८२, १९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल सुरु
प्रधानमन्त्री कार्कीद्वारा शीर्ष नेताको संयुक्त बैठक आह्वान
प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जनका लागि गृहकार्य भइरहेको प्रधानमन्त्रीको दाबी
सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीको टिप्पणी : ‘हामी सबैको आलोचना खेप्ने अचानो होइनौँ’
सरकारी कर्मचारीले हप्तामा एक दिन परम्परागत पोसाक लगाउनुपर्ने प्रधानमन्त्री कार्कीको प्रस्ताव
प्रधानमन्त्री कार्कीले भनिन् : ‘राष्ट्र संघको सहयोगको कदर गर्छौँ