काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले इतिहासका कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्दै शान्ति, स्थिरता र विकाससहित भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नुपर्ने बताएका छन् ।
बुधबार शोक वक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भ्रष्टाचारको अन्त्य र रोजगारीको सिर्जना गरेर मुलुकलाई आर्थिक सामाजिक रुपान्तरण गर्ने तथा युवा पुस्तालाई मुलुकमै बस्न लायक वातावरण निर्माण गर्न सके मात्र जेनजी आन्दोलनमा शाहदत्त प्राप्त गर्नेहरूप्रति साँचो श्रद्धाञ्जली हुने बताएका छन् ।
‘यसका लागि युवा पुस्तासँगै सम्पूर्ण राजनीतिक दलहरू, नागरिक समाज, राज्य तथा निजी क्षेत्र लगायत समाजका विभिन्न अङ्गसँग हातेमालो एवम् सहकार्य गर्न हामी सदैव तत्पर छौँ’, अध्यक्ष नेपालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असोज २०८२, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेनाको सुरक्षाबाट माधव नेपाल पनि निस्किए
‘जेन जेडको माग संविधानको खारेजी र संसद्को विघटन थिएन’: माधव नेपाल
हाम्रो पार्टीको अहिलेको ठूलो समस्या ओली हुन्: माधव नेपाल
‘नेपालको कम्युनिस्ट आन्दोलन संकटको अवस्थामा’: माधव नेपाल
दक्षिणपन्थी नीति, व्यक्तिवाद, अहंकारवादविरुद्ध हाम्रो विद्रोह: माधव नेपाल
यो पार्टीले गरिखाँदैन भन्नेलाई ठाउँ छैन, हाम्रो पार्टीको भविष्य छ : माधव नेपाल