‘खुमलटारबाट पनि डेरा सर्ने’ नेकपा अध्यक्ष प्रचण्डले किन गरे घोषणा ?

सफल खबर संवाददाता

सोमबार, २२ भदौ २०७७, ०९ : ११
‘खुमलटारबाट पनि डेरा सर्ने’ नेकपा अध्यक्ष प्रचण्डले किन गरे घोषणा ?

काठमाडौं । नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फेरि डेरा सर्ने तयारीमा छन् । आफु बसेका घरका घरबेटी शारदा अधिकारी बेलाबेला ठेक्का पट्टामा विवादित बन्ने गरेको र उनको ठेक्काको विषयलाई जोडेर आफुलाई समेत बदनाम गर्ने प्रयास भएपछि प्रचण्ड अहिले बसिरहेको घरबाट डेरा सर्ने तयारीमा लागेका हुन् ।

उनले नयाँ डेराको खोजीमा आफुहरु लागिसकेको पनि बताएका छन् । जनता टेलिभिजनसँगको एक अन्र्तवार्ताका क्रममा प्रचण्डले आफु डेरा सर्ने तयारीमा रहेको बताएका छन् । ‘म अर्को घर समेत खोज्दै छु ! म बसेको घरबेटी के गर्छ्न, कुन बाटोको ठेक्का लिन्छन्, मलाई केही थाहा छैन, उहा सँग मेरो गोरु बेचेको साईनो समेत छैन !’ प्रचण्ड छोरा प्रकाशको निधन पछि २०७४ पुस २ मा खुमलटार डेरामा सरेका थिए । त्यसअगाडी उनी लाजिम्पाट डेरामा बस्दै आएका थिए । 

प्रचण्डले अन्र्तवार्ताका क्रममा भनेका छन् । उनले आफनो परिवारका सदस्यले परिवर्तनको आन्दोलनमा गरेको बलिदान र त्यागलाई नजरअन्दाज गरेर आफुलाई परिवारवादमा लागेको भनेर अत्यन्त निष्टकृत र तल्लोस्तरको आरोप लगाउने गरेको भन्दै प्रचण्डले त्यसमा पनि असन्तुष्टि जनाएका छन् ।

छोरा प्रकाशले युद्दका बेला बन्दुक नै बोकेर लडेको र फोटो खिच्नका लागि मात्र फोटो नखिचेको भन्दै प्रचण्डले चितवन महानगरपालिकाका मेयर रेणु दाहालले पनि भारतमा नेपाली महिलाहरुलाई जनयुद्धको पक्षमा संगठित गर्ने देखि रोल्पा रुकुममा आएर नेतृत्व गरेको सम्मको प्रसंगलाई हेर्दे नहेरी आरोप लगाउने कुरामा आफ्नो असन्तुष्टि रहेको बताएका छन् । 

मेरो परिवार सवै युद्धमै होमिएका थिए । प्रकाशले बन्दुक बोकेको नदेख्नेहरुले मलाई परिवारवादमा फसे भन्छन्, तपाईहरुले उसको छापामार डे«समा युद्धमा लागेको फोटो देखिहाल्नुभएकै छ, त्यो बाहिर नै आएको छ । त्यो फोटो खिचाउनका लागि मात्र थिएन । छोरी रेणुले भारतमा महिलाहरुलाई संगठित गर्ने नेतृत्व लिएकी छिन् । रोल्पा रुकुममा आएर आन्दोलनको नेतृत्व गरेकी छिन् ।

अनि उनलाई उनको त्यागको जिम्मेवारी दिदा कसरी परिवारवाद भयो । मेरो परिवारमा दुखद घटना आईलाग्यो । छोरा प्रकाश दिवंगत भयो । एउटी छोरी पनि दिवंगत भइन्, अझै मेरो परिवार पीडामै छ । पीडामा रहेको मेरो परिवारमा थप पिडा दिने यो तल्लो स्तरको टिप्पणी मात्र हो, प्रचण्डले भने ।  
 

प्रतिक्रिया दिनुहोस