काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेपछि सरकारमा लैजानुपर्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओली असजिलोमा परेका छन् । गौतमलाई राम्रो मन्त्रालयसहित वरिष्ठ उपप्रधानमन्त्री बनाउनुपर्ने बाध्यता भएपछि ओली अप्ठ्यारोमा परेका हुन् ।
गौतमलाई मनोनयन गर्ने विषयमा ओली द्विविधामा छैनन् तर गौतमले सरकारमा जाने मनसाय व्यक्त गरेपछि कुन मन्त्रालय दिने, यसमा भने द्विविधा छ । गौतमले सरकारमा सक्रिय सहभागिताको चाहना व्यक्त गरिसकेका छन् । ‘सांसदमात्र भएर मेरो भूमिका खास देखिन्न, सरकारमा सहभागी गराउनुस्, भूमिका देखाउनेछु’, ओलीलाई गौतमले भनेका थिए । त्यसपछि गौतमसँगको भेटमा ओलीले पूर्वएमाले र पूर्वमाओवादीका भागमा परेका मन्त्रालय परिवर्तन गरी सन्तुलन मिलाउन चाहेको बताएका थिए ।
ओलीले उपप्रधानमन्त्रीसहित गृह लिएर सहयोग गर्न गौतमसमक्ष प्रस्ताव गरेका थिए । जबाफमा गौतमले आफू धेरैपटक उपप्रधानमन्त्री र गृहमन्त्री भइसकेको र अब उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी लिएर जनपक्षीय बजेट ल्याउने चाहना रहेको बताएका थिए ।
प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापालाई रक्षामा पठाई गृहमा गौतमलाई ल्याउने, रक्षामन्त्री ईश्वर पोखरेललाई पार्टीको जिम्मेवारीमा पठाउने योजना बनाएका थिए । गौतमले त्यो प्रस्ताव अस्वीकार गरेको बालुवाटार निकट स्रोतले जनाएको छ । गौतमले गृहमन्त्री बन्न स्वीकार गरेमात्र थापाको मन्त्रालय परिवर्तन हुनेछ, अन्यथा यथावत् रहने स्रोतले बतायो ।
अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिइसकेको अवस्थामा ओलीले अर्थ मन्त्रालयल तत्काललाई आफैंसँग राख्ने भएका छन् । बालुवाटार निकट स्रोतका अनुसार खतिवडालाई नै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा मनोनयन गरेर अर्थ मन्त्रालय हेर्न जिम्मा दिने तयारी ओलीको छ । यसबारेमा प्रधानमन्त्री ओलीले केही भनिहालेका भने छैनन् । गौतमले अर्थ मन्त्रालयमै जोडबल गरिरहे केही समय मन्त्रिपरिषद् पुनर्गठन नै नगर्ने प्रधानमन्त्रीको सोच छ । नागरिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २० भदौ २०७७, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’ले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्छ : वामदेव गौतम
नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्न आवश्यक छः वामदेव गौतम
उच्चस्तरीय समितिले सुन तस्करीको छानबिन ओझेलमा पर्छ : वामदेव गौतम
प्रतिनिधि सभा असभ्य रुपमा सञ्चालन हुन थाल्योः वामदेव गौतम
समृद्ध समाजवाद निर्माण गर्न सबै कम्युनिस्ट एक ठाउँमा आउनुपर्छ : वामदेव गौतम
सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन : वामदेव गौतम