काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन नहुने बताएका छन् । आजको मन्त्रिपरिषद्को बैठमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको विषयलाई बेकारको हल्ला भनेर टिप्पणी गरेका थिए ।
प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको हल्ला कहाँबाट आयो भन्दै आश्चर्य व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले आफ्ना मन्त्रालयको कमाण्ड लिएर काम गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै एक मन्त्रीलेृ भने, ‘मिडियाले आज एउटालाई मन्त्री बनाउँछ, भोलि अर्कोलाई । सबै मन्त्रीले आफ्ना मन्त्रालयको कमाण्ड लिएर चलाउनू, हल्लाको पछि नलाग्नू ।’
मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्री युवराज खतिवडाले साँझसम्म राजीनामा दिने बताएका छन् । उनले सबैप्रति आभार प्रकट गरेका छन् ।
बिहीबारको नेकपा सचिवालय बैठकले राष्ट्रियसभाको एक रिक्त सदस्यमा नेता बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो, तर मन्त्रिपरिषद्मा यो विषयको प्रस्ताव कतैबाट आएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ भदौ २०७७, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले सकिन जन्मेको पार्टी नै होइन : ओली
पार्टी एकताको सम्भावना छैन: ओली
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने