काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन नहुने बताएका छन् । आजको मन्त्रिपरिषद्को बैठमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको विषयलाई बेकारको हल्ला भनेर टिप्पणी गरेका थिए ।
प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको हल्ला कहाँबाट आयो भन्दै आश्चर्य व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले आफ्ना मन्त्रालयको कमाण्ड लिएर काम गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै एक मन्त्रीलेृ भने, ‘मिडियाले आज एउटालाई मन्त्री बनाउँछ, भोलि अर्कोलाई । सबै मन्त्रीले आफ्ना मन्त्रालयको कमाण्ड लिएर चलाउनू, हल्लाको पछि नलाग्नू ।’
मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्री युवराज खतिवडाले साँझसम्म राजीनामा दिने बताएका छन् । उनले सबैप्रति आभार प्रकट गरेका छन् ।
बिहीबारको नेकपा सचिवालय बैठकले राष्ट्रियसभाको एक रिक्त सदस्यमा नेता बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो, तर मन्त्रिपरिषद्मा यो विषयको प्रस्ताव कतैबाट आएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ भदौ २०७७, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी : ओली
ओली र प्रचण्डसँग बार्गेनिङ गदैं झलनाथ
ओलीले ‘घर फर्किन’ गरेको आह्वानबारे योगेश भन्छन्– ‘समयानुकूल र आवश्यक कदम’
ओली र लेखकको पासपोर्ट रोक्का गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
ओलीले किन अघि सारे जेनजीसहितको सर्वपक्षीय सरकारको प्रस्ताव ?
ओली, लेखक, गृहसचिवसहितको राहदानी रोक्का र स्थान हदविरुद्ध सर्वोच्चमा रिट दर्ता