काठमाडौं । २०७४ मंसिरको चुनावमा बर्दिया–१ बाट पराजित भएयता प्रतिनिधिसभा सदस्य बन्न बारम्बार प्रयास गरेका नेकपा उपाध्यक्ष वामदेव गौतम ३३ महिनापछि मनोनीत कोटामा सांसद बनेर संघीय संसद् छिर्ने भएका छन् ।
निर्वाचन हारे पनि सांसद र मन्त्री बन्ने नेपाली राजनीतिभित्र वर्षौंदेखि हुर्किइरहेको विकृतिको शृंखलामा फेरि नयाँ अध्याय थपिन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बसेको सचिवालय बैठकमा गत फागुन १४ गतेको निर्णय कार्यान्वयन गर्ने बताएसँगै केही दिनमा गौतमले राष्ट्रिय सभाको यात्रा गर्ने निश्चित भएको छ ।
गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न मन्त्रिपरिषद्को बैठक शुक्रबार बिहान ११ बजे बस्दै छ । यही बैठक अर्थमन्त्री युवराज खतिवडाका लागि भने अन्तिम हुनेछ । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १९ भदौ २०७७, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एसमा पनि २० लाख पार्टी सदस्य बनाउन सकिन्छ: वामदेव गौतम
एकीकृत समाजवादीमा आउन चार वर्ष लाग्यो: वामदेव गौतम
वामदेव गौतम नेतृत्वको पार्टी र एकीकृत समाजवादीबीच एकता घोषणा
एकीकृत समाजवादीमा समाहित भएपछि वामदेव गौतमको पद के हुन्छ ?
किन माधव नेपालको पार्टीमा प्रवेश गर्ने भए वामदेव गौतम ?
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : वामदेव गौतम