चितवन । कोरोना कहर देशभरि सन्त्रास फैलाई रहदा चितवनमा एक, दुई दिन यता संक्रमणको संख्या घट्दै गएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बुधबार गरिएको ५ सय ५६ जनाको परिक्षणमा एक जना संक्रमित फेला परेका छन् । अन्य ५ सय ५५ जना को रिपोर्ट निगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।
अस्पतालका अनुसार संक्रमित हुनेमा भरतपुर ७ का ३३ वर्षिय पुरुष रहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेका र उनलाई होम क्वारेन्टीनमा राखिएको छ । चितवनमा अहिले सम्म कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ ।
मेडिकल सिटीको रुपमा परिचय बनाउदैं गएको चितवनमा केही दिन यता चिकित्सक, स्वास्थ्यकर्मीनै धमाधम संक्रमित हुन थालेपछि सरकारी तथा निजि स्वास्थ्य संस्थाको सेवा प्रभावित बन्दै गएको छ । एक हप्ता यता कुल संक्रमित मध्ये आधा भन्दा १५ दिनमै संक्रमित बनेका छन् । संक्रमणको दर ह्वात्तै बढेसंगै अस्पतालका आइसोलसन कक्षहरु सबै भरिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ भदौ २०७७, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा एम्बुलेन्स सेवा कडाइः ७ दिनभित्र दर्ता, १५ दिनभित्र GPS जडान अनिवार्य
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने