चितवन । कोरोना कहर देशभरि सन्त्रास फैलाई रहदा चितवनमा एक, दुई दिन यता संक्रमणको संख्या घट्दै गएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बुधबार गरिएको ५ सय ५६ जनाको परिक्षणमा एक जना संक्रमित फेला परेका छन् । अन्य ५ सय ५५ जना को रिपोर्ट निगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।
अस्पतालका अनुसार संक्रमित हुनेमा भरतपुर ७ का ३३ वर्षिय पुरुष रहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेका र उनलाई होम क्वारेन्टीनमा राखिएको छ । चितवनमा अहिले सम्म कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ ।
मेडिकल सिटीको रुपमा परिचय बनाउदैं गएको चितवनमा केही दिन यता चिकित्सक, स्वास्थ्यकर्मीनै धमाधम संक्रमित हुन थालेपछि सरकारी तथा निजि स्वास्थ्य संस्थाको सेवा प्रभावित बन्दै गएको छ । एक हप्ता यता कुल संक्रमित मध्ये आधा भन्दा १५ दिनमै संक्रमित बनेका छन् । संक्रमणको दर ह्वात्तै बढेसंगै अस्पतालका आइसोलसन कक्षहरु सबै भरिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ भदौ २०७७, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन जिल्ला प्रशासनद्वारा राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा सुरु
चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
चितवनमा लागुऔषधसहित सात युवक पक्राउ
चितवन पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा
चितवनमा रक्तदाता बढाउन रक्तदान महोत्सव आयोजना
चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग