वासिङ्टन । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ । डेमोक्र्याटिक पार्टीको सम्मेलनले बाइडेनलाई औपचारिक रूपमा राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवार घोषित गरेको हो ।
कोरोना भाइरसको महामारीका कारण भर्चुअल विधिबाट गरिएको सम्मेलनमा पार्टीका निर्वाचित प्रतिनिधिहरूले ७७ वर्षीय बाइडेनलाई उम्मेदवारका रूपमा अनुमोदन गरेका हुन् ।बाइडेनलाई पूर्वराष्ट्रपतिहरू जिम्मी कार्टर र बिल क्लिन्टन तथा पूर्वविदेशमन्त्री कोलिन पावेलले समर्थन गरेका छन् । कार्टर र क्लिन्टन डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति बनेका भए पनि पावेल रिपब्लिकन पार्टीको सरकार हुँदा विदेशमन्त्री थिए । पावेल जर्ज डब्लू बुस प्रशासनमा सन् २००१ देखि २००५ सम्म विदेशमन्त्री थिए ।
अमेरिकाको सर्बोच्च पदका लागि बाइडेनको यो तेस्रो प्रतिस्पर्धा हुनेछ । उनी सन् १९८८ र २००८ मा पनि राष्ट्रपतिका आकांक्षीका रूपमा देखिएका थिए । विभिन्न मत सर्वेक्षणहरूले उनी राष्ट्रपति ट्रम्पभन्दा केही अगाडि देखिएका छन् ।डेमोक्र्याटिक पार्टीको सम्मेलनमा मंगलबार राति पूर्वराष्ट्रपति क्लिन्टनले सम्बोधन गरेका थिए । भिडियोमार्फत गरिएको सम्बोधनमा उनले वर्तमान राष्ट्रपति ट्रम्पको कडा आलोचना गरेका छन् । ट्रम्पले ओभल अफिसलाई ‘लथालिंग’ बनाएका क्लिन्टनको आरोप छ ।
अमेरिकाले विश्वको नेतृत्वको गरिरहेको डोनाल्ड ट्रम्पले दाबीप्रति लक्षित गर्दै भने, ‘यो समयमा ओभल अफिस नेतृत्वको केन्द्रका रूपमा रहनुपर्थ्यो । तर यो आँधीको केन्द्रका रूपमा रहेको छ । यो लथालिंग अवस्थामा छ ।’ प्रमुख औद्योगिक अर्थतन्त्रमा अमेरिकाको बेरोजगारी दर ३ गुणा बढेको क्लिन्टनको भनाइ छ । मंगलबार सम्मेलनमा सम्बोधन गर्ने नेताहरूले मतदाताहरूलाई रिझाउने प्रयास गरेका थिए । अमेरिकाका साथै अन्तर्राष्ट्रिय समस्या समाधान गर्न डेमोक्र्याटिक पार्टीको विकल्प नरहेको उनीहरूको दाबी थियो ।
अमेरिकी सेनाका पूर्वप्रमुख पावलले बाइडेनलाई समर्थन गर्ने घोषणा गरे । सैन्य सेवामा हुँदा सिकेका मूल्य र मान्यता बाइडेनले हालसम्म पनि बचाएका उनको भनाइ छ । त्यस्ता मान्यताहरू ‘पुनः स्थापित गर्न टड्कारो भएकाले’ आफू खुलेरै बाइडेनको पक्षमा लागेको पावलले बताए ।
उनले गत जुनमा राष्ट्रपति ट्रम्पलाई ‘ढटुवा’ को संज्ञा दिँदै बाइडनलाई समर्थन गर्ने जनाएका थिए । त्यसैगरी, रिपब्लिकन पार्टीका आधार दर्जन नेताहरूले पनि बाइडेनलाई समर्थन जनाएका छन् । ओहायो राज्यका पूर्वगभर्नर जोन कासिचले डेमोक्र्याटिक उम्मेदवार बाइडनलाई सघाउने घोषणा गरे । कासिच सन् २०११ देखि २०१९ सम्म ओहायोका गभर्नर थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०४ भदौ २०७७, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतबार ओमानमा हुने
भारत र पाकिस्तानलाई आक्रमण बन्द गर्न अमेरिकाको अपिल
अमेरिकामा घरमाथि प्लेन खस्यो
अमेरिकामा दादुराका आठ सय भन्दा बढी बिरामी भेटिएको पुष्टि
अमेरिकामा हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन
सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने अमेरिकाको तयारी