काठमाडौँ उपत्यकाका ९५ कल्सल्टेन्सीमा छापा, ६९ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०१ जेठ २०८३, १९ : ४२
काठमाडौँ उपत्यकाका ९५ कल्सल्टेन्सीमा छापा, ६९ जना पक्राउ

काठमाडौं। शैक्षिक परामर्श केन्द्रका नाममा ठगी धन्दा चलाएको आरोपमा प्रहरीले ६९ जना सञ्चालकलाई पक्राउ गरेको जनाएको छ ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उच्च शिक्षाको लागि विदेश पठादिन्छु भन्दै ठगी गर्ने गरेको उजुरी, गुनासो र निवेदनका आधारमा ९५ शैक्षिक परामर्श केन्द्रमा शुक्रबार छापा हानेर ६९ जना सञ्चालन नियन्त्रणमा लिएको जनाएको छ ।

 

मापदण्ड तथा प्रक्रिया पूरा नगरी, दर्ता नवीकरण नगरी, बिना इजाजत शैशिक्षक परामर्श सेवा, पूर्व तयारी कक्षा, भाषा शिक्षण जस्ता सेवा प्रदान गरिरहेका ती सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान बढाएको प्रहरीले जनाएको छ ।

त्यस्ता शैक्षिक परामर्श केन्द्रबाट ठगीमा परेकाहरूलाई यथाशीघ्र सम्पर्क राख्न पनि प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस