काठमाडौं । सर्वोच्च अदालतले किशोर श्रेष्ठलाई प्रेस काउन्सिलको कार्यबहाक अध्यक्षबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ।
सरकारले श्रेष्ठलाई हटाएर दुर्गा भण्डारीलाई कार्यबहाक अध्यक्ष नियुक्त गरेपछि श्रेष्ठ सर्वोच्च अदालत पुगेका थिए । प्रेस काउन्सिल बोर्ड विपरित नियुक्त गरिएको भन्दै उनी सर्वोच्च अदालत पुगेका हुन् । सर्वोच्चले श्रेष्ठलाई कार्यबहाक अध्यक्षका रुपमा काम गर्न नरोक्न आदेश जारी गरेको छ।
सरकारले साउन २६ गते प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्ष नियुक्तिका लागि नियमावलीमा एक बुँदा संशोधनमार्फत साउन ३२ गते पोखरामा कानुन व्यवसाय गर्ने दुर्गा भण्डारी पौडेललाई सदस्य र हिजै बेलुका काउन्सिलको कार्यवाहक अध्यक्षमा नियुक्त गरिएको थियो।
आइतबार मन्त्रीस्तरीय निर्णयबाट सदस्यमा नियुक्त भएकी भण्डारीलाई भोलिपल्टै क्याबिनेटबाट कार्यवाहक अध्यक्ष तोकिएको हो । प्रेस काउन्सिल ऐन–०४८ को दफा ८ (३) र (६) ले अध्यक्षको अनुपस्थितिमा काउन्सिल बोर्डलाई आफूमध्येबाट कार्यवाहक अध्यक्ष छान्ने अधिकार दिएको छ ।
उक्त ऐनको प्रतिकूल हुनेगरी ०७४ सालमा सरकारले नवलकिशोर यादवलाई ०७४ असोज १८ गते आफूखुशी कार्यवाहक अध्यक्ष तोक्दा सर्वोच्च अदालतले हस्तक्षेप गरी उक्त निर्णय उल्ट्याइदिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ भदौ २०७७, १७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी