काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना सङ्क्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस आगामी भदौ १ गतेदेखि १५ गतेसम्म बन्द गर्ने भएको छ ।
त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले आज सूचना जारी गरी शिक्षक तथा कर्मचारीले आफ्नो प्रमुखसँग सम्पर्कमा रही घरबाटै काम गर्ने, भर्चुअल कक्षा सञ्चालन गर्ने र जनसम्पर्क हुने सेवाका कार्य बन्द गर्ने जनाउनुभएको हो ।
यस्तै मातहतका अस्पताल र सेवा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ३२ साउन २०७७, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो
त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द
त्रिविको वार्षिक साधारण सभाबाट ६३ औँ ग्रेस लिष्ट पारित
यो वर्ष त्रिविबाट ग्राजुएट हुँदै ९० हजार विद्यार्थी
सर्वोच्चको आदेशपछि आंशिक प्राध्यापकले खोले त्रिभुवन विश्वविद्यालयको ताला