काठमाडौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक वर्ष २०८२/०८३ का लागि स्नातकोत्तर तह (मास्टर्स) प्रथम सेमेष्टरमा नयाँ विद्यार्थी भर्ना आह्वान गरेको छ । विश्वविद्यालयको शिक्षाध्यक्षको कार्यालयले एक सूचना जारी गर्दै भर्ना तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक सूचना अनुसार त्रिविका मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन संकाय तथा वन विज्ञान, कृषि र पशु विज्ञान, इन्जिनियरिङ्ग र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा भर्ना प्रक्रिया सुरु हुनेछ ।
विद्यार्थीहरूले २०८२ मंसीर ११ गतेदेखि पौष ११ गतेसम्म आवेदन फाराम बुझाउन सक्नेछन् । विश्वविद्यालयले २०८२ माघ महिनादेखि कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
विद्यार्थीले प्रवेश गर्न चाहेको प्रत्येक संकाय, अध्ययन संस्थान वा विषय अनुसार क्याम्पसमा छुट्टाछुट्टै आवेदन फाराम बुझाउनुपर्नेछ । आवेदन दिँदा हालसालै खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने कार्यालयले जनाएको छ ।
प्रवेश परीक्षा तथा भर्ना सम्बन्धी अन्य विस्तृत जानकारी भने सम्बन्धित डीन कार्यालयहरूले निर्धारण गरे बमोजिम हुनेछ । यसअघि व्यवस्थापन र शिक्षाशास्त्र संकायबाट प्रकाशित भर्ना सूचना पनि यही शैक्षिक क्यालेन्डर अनुसार भएको शिक्षाध्यक्षको कार्यालयले स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ मंसिर २०८२, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द
त्रिविको वार्षिक साधारण सभाबाट ६३ औँ ग्रेस लिष्ट पारित
यो वर्ष त्रिविबाट ग्राजुएट हुँदै ९० हजार विद्यार्थी
सर्वोच्चको आदेशपछि आंशिक प्राध्यापकले खोले त्रिभुवन विश्वविद्यालयको ताला
त्रिवि सभा सदस्य मनोनयन प्रक्रियामा स्ववियुकाे आपत्ति