बार्सिलोनाका एक खेलाडीमा कोरोना संक्रमण

एजेन्सी

विहीबार, २९ साउन २०७७, ०८ : ०८
बार्सिलोनाका एक खेलाडीमा कोरोना संक्रमण

फाइल फोटो

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका एक खेलाडीमा कोरोना भाइरसको संक्रमण भएको छ ।  प्रि–सिजन प्रशिक्षणका क्रममा रहेका मध्ये एक खेलाडीमा संक्रमण देखिएको र उनी हाल घरमै क्वारेन्टिनमा रहेको बताईएको छ ।

क्रमित खेलाडीको सम्पर्क च्याम्पियन्स लिगको क्वाटरफाइनलका लागि लिस्बोन गएका खेलाडीहरुसँग नरहेको बार्सिलोनाले स्पष्ट पारेको छ । तर बार्सिलोनाले ती खेलाडीको नाम भने सार्वजनिक गरेको छैन । 

यस्तै बुधबार अर्को ला लिगा क्लब एथ्लेटिको बिल्बाओले प्रि–सिजन प्रशिक्षणमा फर्किएका मध्ये ६ खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको बताएको छ ।

यस्तै भ्यालेन्सियाका दुईजनामा यो हप्ता कोरोना भाइरसको संक्रमण देखियो । च्याम्पियन्स लिगको क्वाटरफाइनल पूर्व भएको परीक्षणमा एथ्लेटिको मड्रिडका दुईजनामा पनि संक्रमण पुष्टि भएको छ । तर बार्सिलोनाले ती खेलाडीको नाम भने सार्वजनिक गरेको छैन ।