लामिनले बार्सिलोनामा मेसीको १० नम्बर जर्सीमा खेल्ने

एजेन्सी

विहीबार, ०२ साउन २०८२, ०९ : २५
लामिनले बार्सिलोनामा मेसीको १० नम्बर जर्सीमा खेल्ने

एजेन्सी । लामिन यामलले बार्सिलोनाको आइकोनिक १० नम्बर जर्सी लगाउने भएका छन्। बार्सिलोनाले लामिनलाई १० नम्बर जर्सी दिएर नयाँ सुपरस्टारको रुपमा सार्वजनिक गरेको हो। योसँगै १० नम्बर जर्सी लगाउने विश्व फुटबल र बार्सिलोनाको महान् खेलाडीको सूचीमा उनको नाम लेखिने भएएको छ।

यो जर्सी दिएसँगै बार्सिलोनाले लमिनलाई लियोनेल मेसीको उत्तराधिकारीको रुपमा प्रस्तुत गरेको छ। मेसीले जस्तै यमलले पनि बार्सिलोनाकै युवा एकाडेमीबाट मुख्य टोलीसम्मको यात्रा तय गरेका हुन्। यमल मेसी जस्तै सानै उमेरमा स्टार फुटबलर भएर उदाइसकेका छन्। यमलले मेसीलाई आफ्नो आइडल मान्ने गर्छन्।

यसअघि यो जर्सी मेसी, रोनाल्डिन्हो, रिभाल्डो र माराडोनाले लगाएका थिए ।

दुई दिन अगाडि मात्र १८ औं वर्ष प्रवेशको जन्मदिन मनाएका लामिन विश्व फुटबलमा सुपरस्टारका रुपमा परिचित भइसकेका छन्। यो जर्सीले उनलाई फुटबलको महान खेलाडी बनाउने बाटोमा डोहोर्याउने निश्चित देखिन्छ।

प्रतिक्रिया दिनुहोस