बार्सिलोना । स्टार फुटबल खेलाडी लामिन यामलले बार्सिलोनासँग थप ६ वर्षका लागि सम्झौता गरेका छन्। स्पेनका १७ वर्षीय विङ्गरको सम्झौता सन् २०२६ मा सकिने भएपछि सन् २०३१ सम्मका लागि लम्ब्याइएको छ।
सन् २०२३ मा १५ वर्षको उमेरमा बार्सिलोनामा डेब्यु गरेका उनले हान्सी फ्लिकको प्रशिक्षणमा रहेर बार्सिलानालाई ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कपको उपाधि जिताइ सकेका छन्।
मंगलबार क्लबका अध्यक्ष हुँवा लापोर्टा र निर्देशक डेकोको उपस्थितिमा यामलले नयाँ सम्झौतामा हस्ताक्षर गरे।
११५ खेलमा २५ गोल गरेका उनी क्लबको इतिहासमा नै ला लिगा, कोपा डेल रे तथा स्पेनिस सुपर कपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी हुन्। जुलाईमा १८ वर्ष पुरा हुने यामल क्लबका लागि १०० खेल खेल्ने सबै भन्दा कान्छा खेलाडी हुन्। स्पेनको राष्ट्रिय टोलीबाट उनले १९ खेल खेलेका छन्।
सन् २०२४ को युरो कपको फाइनलमा उनी सहितको स्पेनले इङ्गल्यान्डलाई २–१ ले हराउँदै उपाधि जितेको थियो।
पछिल्ला साता क्लबले प्रशिक्षक फ्लिक र ब्राजिलियन स्टार राफिन्हासँगको सम्झौता लम्ब्याइसकेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १४ जेठ २०८२, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ला लिगा : लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित
लामिनले बार्सिलोनामा मेसीको १० नम्बर जर्सीमा खेल्ने
बार्सिलोनालाई २८ औँ पटक स्पेनिस ला लिगाको उपाधि
रियल भल्लाडोलिडलाई पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा
स्पेनिस ला लिगा : रियल सोसिडाडलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा
भ्यालेन्सियालाई ५ गोलले हराउँदै बार्सिलोना सेमिफाइनलमा