डोटी । डोटीमा भएको बस दुर्घटनामा परी निधन भएका तीन जनाको सनाखत भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा अछाम जिल्ला चौरपाटी गाउँपालिका–७ मार्कु बस्ने ३० वर्षीय टीकाराम विक, मङ्गलसेन नगरपालिका–७ अछाम बस्ने ५५ वर्षीया धनी शाही तथा बान्नीगढजयगढ गाउँपालिका–३ अछाम बस्ने ६० वर्षीय पदम साउद छन् ।
घटनामा ३३ जना घाइते भएका छन् । तिनमा १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते अधिकांशको टाउको र छातीमा बढी चोट लागेको उपचारमा संलग्न जिल्ला अस्पतालले जनाएको छ ।
पूर्वीचौँकी गाउँपालिका–१ फुलौटमा आज बिहान करिब ५ः३० बजे भारतबाट रोजगारी गरी आएकाहरुलाई बोकेर कैलालीको धनगढीबाट अछामतर्फ गईरहेको ना६ख २५२९ नं। को बस दुर्घटनामा परेको थियो ।
बस सडकबाट करिब एक सय मिटर तल गएको प्रहरीले जनाएको छ । चालक प्रहरी नियन्त्रणमा रहेको र घटनावारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिए ।
चालकको लापरबाहीका कारण दुर्घटना भएको यात्रुहरुले आरोप लगाएका छन् । कैलाली जिल्ला, गोदावरी नगरपालिका-२ अत्तरिया घर भएका बसका चालक हेमबहादुर खत्री पनि घाइते भएका छन् ।
वर्षात्का कारण सडक चिप्लो भएको र चालक पनि निदाएका कारण गाडी दुर्घटना भएको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । त्यस्तै सिट क्षमताभन्दा बढी यात्रु बोकेका कारण उक्त बस दुर्घटना भएको हुन सक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ साउन २०७७, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत
कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
बसको ठक्करबाट युवतीको मृत्यु
एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते