पाल्पा । पाल्पाको गल्धामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।
निस्दी गाउँपालिकाको गल्धामा लु १ ज २८८७ नम्बरको जीप दुर्घटनामा हु्रँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुर्घटनामा स्थानीय ६३ वर्षीय ठाकुरप्रसाद फाल र ३ महिने नाम नखुलेका बालकको घटनास्थलमै मृत्यु भएको छ ।
जीप सडकबाट सातसय मिटर तल खसेको प्रहरीले जनाएको छ । मंगलबार राति दुर्घटना भएको जीपमा १० जना सवार थिए। दुर्घटनापछि जीप चालक फरार भएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ साउन २०७७, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते