पाल्पा । पाल्पाको गल्धामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।
निस्दी गाउँपालिकाको गल्धामा लु १ ज २८८७ नम्बरको जीप दुर्घटनामा हु्रँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुर्घटनामा स्थानीय ६३ वर्षीय ठाकुरप्रसाद फाल र ३ महिने नाम नखुलेका बालकको घटनास्थलमै मृत्यु भएको छ ।
जीप सडकबाट सातसय मिटर तल खसेको प्रहरीले जनाएको छ । मंगलबार राति दुर्घटना भएको जीपमा १० जना सवार थिए। दुर्घटनापछि जीप चालक फरार भएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ साउन २०७७, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु
धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते
स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, २ जना घाइते
सवारी दुर्घटनामा एकजनाको मृत्यु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी