डोटी । डोटीमा बस दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । ३२ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना भएको हो ।
कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो । घाईते भएकाहरुलाई स्थानिय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ । मृतकको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बस सडकबाट ३० मिटर तल खसेको थियो । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ साउन २०७७, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु
धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते
स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, २ जना घाइते
सवारी दुर्घटनामा एकजनाको मृत्यु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी