डोटी । डोटीमा बस दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । ३२ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना भएको हो ।
कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो । घाईते भएकाहरुलाई स्थानिय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ । मृतकको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बस सडकबाट ३० मिटर तल खसेको थियो । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ साउन २०७७, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
सिमलताल दुर्घटनाको एक वर्ष : ३९ यात्रुको अवस्था अझै अज्ञात
बैतडीमा जिप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते
चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते