काठमाडौं । कोरोनाको प्रभावले एसईईको नतिजा ढिलाइ हुने भएको छ । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएकाले नतिजा प्रकाशन चाँडै गर्न नसकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । विद्यार्थीको नाम थर, प्राप्तांक रुजु भइरहेको बोर्डले जनाएको छ ।
काठमाडौंमा संक्रमितको संख्या बढ्दै गएपछि बोर्डले नतिजा प्रकाशनमा ढिलाइ गरेको हो । गत ६ चैतका लागि निर्धारित एसईई कोरोनाकै कारण अन्तिम समयमा स्थगित भएको थियो ।
परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो । विद्यालयहरूले जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा अंक पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ साउन २०७७, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईई पुरक परीक्षाको आवेशन खुला (हेर्नुहोस् सूचना)
एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’
एसईईको नतिजा कसरी हेर्ने ?
एसईई नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड
चैत १९ देखि सुरु हुँदै एसईई
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद