काठमाडौ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमी, भक्तपुरले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि आवेदन फाराम भर्ने प्रक्रिया सुरु गरेको छ।
बोर्डका अनुसार शैक्षिक सत्र २०८२ मा कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थीहरूले कार्तिक १७ गतेदेखि मंसिर १६ गतेभित्र आवेदन फाराम भरी परीक्षा दस्तुरसहित सम्बन्धित विद्यालयमा बुझाउनुपर्ने छ।
विद्यार्थीले प्रति व्यक्ति पाँच सय रुपैयाँ (रु. ५००) परीक्षा दस्तुर तिर्नुपर्नेछ। सोही अवधिभित्र विद्यालयहरूले फाराम संकलन गरी शिक्षा विकास निर्देशनालय, शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तहका शिक्षा शाखा वा महाशाखामार्फत पठाउनुपर्नेछ।
बोर्डले साधारण, परम्परागत तथा प्राविधिक धारका विद्यार्थीका लागि रजिष्ट्रेसन अर्धकट्टी, कक्षा ८ उत्तीर्ण प्रमाणपत्र र प्रमाणित जन्मदर्ता प्रमाणपत्रसहित विद्यालय पोसाकमा खिचिएको दुई प्रति पासपोर्ट साइज फोटो टाँसी फाराम बुझाउन निर्देशन दिएको छ।
त्यस्तै, खुला, वैकल्पिक तथा अनौपचारिक प्रौढ विद्यालयका विद्यार्थीहरूले सम्बन्धित निर्देशिकाअनुसार आवश्यक सिफारिस, प्रमाणपत्र र कागजात संलग्न गरी फाराम बुझाउनुपर्नेछ। खुला तथा वैकल्पिक कार्यक्रमअन्तर्गत कक्षा ८ वा सो सरहको परीक्षा दुई वर्षअघि पास गरेका विद्यार्थी मात्र सहभागी हुन पाउने बोर्डले जनाएको छ।
अनौपचारिक विद्यालयका विद्यार्थीका हकमा विद्यालयको अनुमति पत्र र आवश्यक प्रमाणिकरण कागजात समन्वय इकाईले हेरी एकिन गर्नुपर्ने पनि सूचनामा उल्लेख छ।
बोर्डले सबै विद्यालय र विद्यार्थीहरूलाई तोकिएको म्यादभित्र आवेदन फाराम भर्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ कार्तिक २०८२, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईई पुरक परीक्षाको आवेशन खुला (हेर्नुहोस् सूचना)
एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’
एसईईको नतिजा कसरी हेर्ने ?
एसईई नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड
चैत १९ देखि सुरु हुँदै एसईई
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण