एसईई पुरक परीक्षाको आवेशन खुला (हेर्नुहोस् सूचना)

सफल खबर संवाददाता

शुक्रबार, ०१ जेठ २०८३, १० : ४३
एसईई पुरक परीक्षाको आवेशन खुला (हेर्नुहोस् सूचना)

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक परीक्षाको आवेशन फारम खुला गरेको छ। 

बोर्ड अन्तर्गतको  परीक्षा नियन्त्रण कार्यालय (एसईई) कक्षा १० ले आज सूचना जारी गर्दै एसईईमा ननग्रेडेड विद्यार्थीको लागि असार १ गतेदेखि सञ्चालन गर्न लागिएको पुरक परीक्षाको आवेदन खुला गरेको हो। 

बोर्डले आगामी असार १ गतेदेखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने जनाएको छ। 

गत वैशाख २८ गते सार्वजनिक भएको २०८२ सालको एसईई परीक्षामा एक लाख ४६ हजार ५०७ जना विद्यार्थी ननग्रेडेड भएका छन्।

प्रतिक्रिया दिनुहोस