नारायणी  लिफ्टबाट अब बाह्रै मास पानी

भरतपुर महानगरपालिकाको अग्रसरतामा लिफ्ट सिंचाई प्रणालीको स्तरोन्नती हुँदै

प्रकाश सिग्देल

मंगलबार, १३ साउन २०७७, १० : ५१
नारायणी  लिफ्टबाट अब बाह्रै मास पानी

चितवन । भरतपुर महानगर क्षेत्रको सिँचाइमा महत्वपूर्ण योगदान पु¥याउदैं आएको नारायणी लिफ्टको स्तर बिकासमा भरतपुर महानगर विशेष सक्रियता देखाएको छ । महानगरले लिफ्टबाट वर्षैभरि पानी प्रवाह होस भन्ने उद्येश्यले नयाँ उपकरण जडानको काम अगाडी बढाउने जनाएको छ । महानगर प्रमुख रेनु दाहालले अहिले यसलाइ नयाँ उपकरण जडान गरी वर्षैभरी पानी छाड्ने योजना सहित काम थालिएको बताईन् ।

उनले लिफ्टको स्तरीकरणका लागी बिशेष चासो राख्दै  लिफ्टको निरिक्षण गरी स्तरीकरणका लागी आवस्यक पहल गरेसंगै लिफ्टमा नयाँ उपकरण जडानका लागी प्रक्रिया थालनी भएको छ ।  नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर खेमबहादुर पाठकले यो आयोजना लाई कम खर्चीलो बनाउदै बाह्रै महिना पानी दिन सक्ने गरी यसको बिकास गर्न प्रमुख दाहालले बारम्बार आफुहरुलाई सुझाव दिदै आवस्यक सहयोग गर्ने प्रतिबद्धता जनाएसंगैे लिफ्टको स्तर बिकासका लागी काम शुरु गरिएको बताईन् ।

 महानगर प्रमुख दाहाल आफैं पटक पटक लिफ्टमा पुगेर निरिक्षण गरी अर्को कुनै बिकल्प नहुदा सम्म यसलाई ब्यवस्थीत बनाउदै किसानलाई बाह्रै मास पानी दिन आग्रह गरेको उनले बताए । नहरका संरचनाको संरक्षणमा पनि ख्याल गर्न दाहालले बढि जोड दिएको पाठकले बताए ।  हाल लिफ्टले धानखेतीका लागि वर्षायाममा मात्र पानी छोड्ने गर्दछ । २ हजार लिटर प्रतिसेकेन्डका २ वटा र ४ हजार लिटर प्रतिसेकेन्डका २ वटा गरी ४ बटा पम्म जडान गरि लिफट मार्फत नहरमा पानी पठाइदै आएको छ ।

 यी पम्पहरु पुराना र खर्चिलो हुन थालेपछि नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले नयाँ मोटर जडान गरी हिउँदमा पनि पानी प्रवाह गर्ने योजना बनाएको छ । प्रमुख पाठकका अनुसार लिफ्टमा ४ वटै  मोटरहरु  नयाँ जडान गर्नका  लागि बोलपत्र आह्वानसमेत भइसकेको छ  । ३५ देखी ४० करोडको लागतमा नयाँ पम्प जडान गर्न लागिएको हो । वाग्मती प्रदेश सरकारले पम्प जडानका लागि रु १९ करोड विनियोजन गरिसकेको छ । अपुग रकम स्थानिय तह र अन्य निकायबाट पुनः प्राप्त हुनेछ । नयाँ पम्प जडानसँगै विद्युत् खपत कम हुने, मर्मतसम्भार खर्च घट्ने र चलाउन सहज हुने पाठकले बताए । उनले भने–‘हाल सञ्चालनमा आएको पम्प ११ हजार भोल्टबाट चल्छ भने अब नयाँ पम्प ६ दशमलव ६ हजार भोल्टबाट चल्ने र खर्च पनि कम हुन्छ ।’ 

हाल भएका पुराना पम्पको मोटर पानी माथी छन् भने अबको नयाँ पम्प समर्सियल (पानीमुनि राखिने) किसिमको अत्याधुनिक हुनेछ । नारायणी लिफ्ट सिँचाइ जलउपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले लिफ्टले भरतपुर महानगरपालिकाको ३ हजार ५०० हेक्टर जमिनमा प्रत्यक्षरूपमा सिञ्चित गर्दै आएको बताए । ‘झट्ट हेर्दा यो आयोजना खर्चीलो देखिएपनि यो लिफ्ट नभए चितवनमा सिचाईनै हुँदैंन्’–उनले भने–‘ पम्प सन्चालनमा ३ करोढ बार्षीक खर्च भएपनि यसले १८ करोड बराबरको धान उत्पादन गर्दै आएको छ, अर्को बैकल्पिक बाटो नहुँदा सम्म अब नयाँ मोटर जडान गरी हिउँदमा पनि पानि पठाउने तयारी थालेको छौं ।’  

विसं २०४० मा स्थापना गरिएको यस लिफ्ट परियोजनाबाट आएको पानी खगेरी सिँचाइमा मिसाएर पश्चिम चितवनका विभिन्न वडामा पठाएर जमिन सिंचित गरिदै आएको छ । भरतपुर महानगरपालिका–१ नारायणगढमा राखिएको पम्पले नारायणी नदीको पानी तानेर भरतपुर महानगर क्षेत्रमा कुलोबाट पठाउदैं आएको छ । हाल असार अन्तिम साताबाट कात्तिक पहिलो सातासम्म धान रोपाइँ र धानलाई सिञ्चित गरिँदै आएको छ ।

बाह्रै  महिना पानी दिन सके  हिउँदमा यस क्षेत्रमा तरकारी, लहरेबाली, मकै लगाउन पानी सहयोगी हुनेछ र चितवनमा उन्न उत्पादनमा बृद्धि हुनेछ । महानगर क्षेत्र उर्वर रहेको भन्दै यसलाई सिञ्चित गर्दैगर्दा नगरवासीको जीवनस्तर उकास्न मद्दत पुग्ने प्रमुख पाठक बताउछन् । यो नहरको स्तर बिकासका लागी भरतपुर महानगर र प्रदेश सरकार निकै क्रियासिल रहेको  र बारम्बार निरिक्षण गरी यसको बिकासमा सहयोग गर्ने गरेको पाठकले बताए । चितवनमा बस्ती बस्ने क्रम बढेसंगै नहरका संरचनाहरु अहिले पुरै मिचिएका छन् । ति नहरहरुमा अहिले सडक, होटल, पार्टी प्यालेस समेत बनाईएको छ । स्थानियबासीहरुका अनुसार नहर मास्न र मिच्ने काममा कतिपय जनप्रतिनिधी नै संलग्न रहेका छन् । 

प्रतिक्रिया दिनुहोस