काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले आजको बैठकले माओवादीसँग एकता गर्ने निर्णय गर्ने बताएका छन्।
जारी केन्द्रीय कमिटी बैठक स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै चाँडै माओवादी र महेन्द्र राय यादव नेतृत्वको नेसपासँग एकता हुने बताए।
उनले भने, ‘बैठकमा सम्मानित नेता खनालले एकता नगरौँ भनेर सुझाव हो, एकता नगरौँ। गरेर राम्रो हुँदैन भन्ने सुझाव उहाँको हो बैठक भनेकै राय, सल्लाह, सुझाव दिनका लागि गरिने हो। बैठकले सबैको राय लिएर निर्णय एकताको पक्षमा निर्णय गर्छ।’
पार्टीले निर्णय गरिसकेपछि चाँडै एकताको प्रक्रियामा गइहाल्ने बताए। माओवादीले माओवाद छाडेको हुनाले आफूहरूको कुरा मिलेको जिकिर गरे।
उनले थपे, ‘माओवादीलाई मार्गदर्शक सिद्धान्तका रूपमा मार्क्सवाद लेनिनवादलाई मान्छ, हामी पनि मान्छौँ। धेरै कुराहरू हामीले छलफल गरेर डकुमेन्ट आदानप्रदान गरेर मिलाइसकेका छौँ। हामी आफ्ना सैद्धान्तिक विषयमा समानता स्थापित गरेपछि नै एकताको प्रक्रियामा लागेका हौँ।’
उनले एमाले अध्यक्ष केपी ओलीले आफूहरूको एकता भाँड्नको घर फर्किन भन्दै आह्वान गरेर कार्यकर्तालाई बिथोल्न खोजेको जिकिर गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ कार्तिक २०८२, १५ : ०६
लेखकबाट थप