निर्वाचनको विकल्प छैन: डा. बाबुराम भट्टराई

सफल खबर संवाददाता

शुक्रबार, १४ कार्तिक २०८२, १५ : ४४
निर्वाचनको विकल्प छैन: डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारमार्फत नै निर्वाचनमा जानुको विकल्प नरहेको जिकिर गरेका छन् ।

भट्टराईले तोकिएकै समयमा मुलुकमा निर्वाचन नभए देश डरलाग्दो सुरुङमा फस्ने चेतावनी दिँदै यही संविधानमा टेकेर दलहले छिटो निर्वाचन गराउने दिशामा अघि बढ्नुपर्ने बताए ।

वर्तमान कार्की नेतृत्वको अन्तरिम सरकारमा भएका कमजोरी हटाएर मुलुकलाई निर्वाचन सम्पन्न गराउनेतिर अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

‘अब निर्वाचनमा त हामीले जसरी पनि गर्नुपर्छ । कथमकदाचित निर्वाचन भएन भने डरलाग्दो अँध्यारो सुरुङमा देश फस्छ । त्यसैले हामी सबैले सहयोग गरेर यो अन्तरिम सरकार, यो सुशीला कार्की नेतृत्वको जुन सरकार छ,’ उनले भने, ‘यसका अपूर्णता, कमी, कमजोरी छन् भने यसलाई सच्याउन लगाऔं । तर यसैमार्फत नै छिटो चुनाव गराउनेतिर नै हामी जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस