काठमाडौं । असार मसान्तमा उठ्नुपर्ने वाणिज्य बैंकहरूको ब्याज आयमध्ये करिब ४० अर्ब रुपैयाँ असुली भएन । यो आर्थिक वर्षको अन्त्यमा असुली हुनुपर्ने कुल ब्याज आयको ५० प्रतिशतभन्दा बढी भएको जनाइएको छ ।
कोभिड(–१९ को जोखिमबाट प्रभावित ऋणीले चैतदेखि ऋणको साँवा–ब्याज तिरेका छैनन् । सुरुमा चैतमा तिर्नुपर्ने साँवा–ब्याजका लागि वैशाखसम्म म्याद थपिएको थियो । लकडाउन लम्बिँदै गएपछि वैशाखदेखि फेरि म्याद थपेर असारसम्म पुर्याइयो । यही कारण प्रभावित केही ऋणीले साँवा–ब्याज नतिरेपछि असुली नभएको ब्याज आय धेरै देखिएको हो ।
‘गत असार मसान्तसम्म बैंकहरूको उठ्नुपर्ने कुल ब्याजमध्ये ५१ अर्ब रुपैयाँ असुली भएको छैन,’ बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने, ‘०७६ असारमा असुली नभएको ब्याज करिब ११ अर्ब रुपैयाँ थियो ।’ अघिल्लो आर्थिक वर्षको अन्त्य (०७६ असार) लाई सामान्य अवस्था मानेर त्यतिबेला नउठेको ब्याज बराबर रकम गत असारमा नउठेको कुल रकमबाट घटाउँदा पनि करिब ४० अर्ब रुपैयाँ बराबर ब्याज असुली नभएको दाहालको विश्लेषण छ । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ११ साउन २०७७, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?