काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्समाथि शानदार जित निकाल्दै विराटनगर किंग्स क्वालिफायरमा प्रवेश गरेको छ ।
शनिबारको भएको खेलमा अपराजित रहेको सुदूरपश्चिमले दिएको १४७ रनको लक्ष्य विराटनगरले ११ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
चितवनलाई रनरेटमा पछि पार्दै विराटनगर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो । योसँगै सुदूरपश्चिमले पहिलो हार चाखेको छ ।
विराटनगरको जितमा दुई ओपनरले अर्धशतक प्रहार गरे । फाफ डु प्लेसिस २० बलमा ५० र साम हिटलेज २७ बलमा ५० रन बनाएर आउट भए । मार्टिन गप्टिल २२ र बसिर अहमद ८ रनमा आउट भए । लोकेश बम ३ र प्रतिश जिसी १३ रनमा अविजित रहे । बलिङमा सुदूरपश्चिमका अभिनास बोहरा दुई र हर्मित सिंहले एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० मंसिर २०८२, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएलः रोहितले कार जित्दा, अरू कुन खेलाडीले के पाए ?
कसले जित्ला एनपीएल : सुदूरपश्चिम रोयल्स कि लुम्बिनी लायन्स ?
लुम्बिनीविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै विराटनगर
एनपीएल : दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै
एनपीएल इलिमिनेटरमा आज लुम्बिनी र काठमाण्डु भिड्दै
एनपीएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच भिडन्त