काठमाडौं । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिएकी छन् ।
सरकारले हटौंडामा सडक विस्तार गर्दा घरधनीलाई उचित मुआब्जा नदिई बिजली काटेर अन्यायपूर्वक घरजग्गामा बनेको संरचना भत्काएपछि आक्रोसित भएका उनले सामाजिक सञ्जालबाटै राजीनामा दिएकी हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘ आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु।‘
उनले उक्त पार्टीमा बसिरहन नैतिकताले नदिएको भन्दै हेटौंडा पीडितको साथमा रहनेसमेत बताएकी छिन् । ‘अरू अभियन्ता साथीहरू के गर्नुहुन्छ ? मेरो नैतिकताले दिएन। म हेटौंडा पीडितको साथमा छु।‘ उनले लेखेकी छिन् ।
यस्तै उनले अर्को स्टाटसमा आफूभित्र नैतिकता भएकैले राजीनामा दिएको भन्दै बुझ्न आग्रह गरेकी छिन् । उनले भनेकी छिन् ‘नैतिकता छ म मा। त्यसैले रानीनामा हो। बुझ्न अनुरोध गरें। हस्। मरेका मान्छेहरू बोल्दैनन्। म जिउँदो छु।बस्।‘
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० मंसिर २०८२, १० : ०४
लेखकबाट थप