जनकपुरधाम । पेस्तोल देखाएर ३ लाख ७६ हजार रुपैयाँ लुटिएको घटनाका प्रमुख योजनाकार लुटिने व्यक्ति स्वयं रहेको खुलेको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो धनुषाको कमला नगरपालिका वडा नं। २ बस्ने बद्रि मण्डलका २० वर्षीय छोरा धिरज कुमार अधिकारीलाई पेस्तोल देखाएर ३ लाख ७६ हजार रुपैयाँ लुटपाट गरिएको घटनामा अधिकारी सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं। १७ कपिलेश्वर जलाद पुल नजिक रहेको टिभिएस शो–रुममा कार्यरत तीनैजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन ।
शोरुमको ३ लाख ७६ हजार रुपैयाँ जनकपुरस्थित बैँकमा जम्मा गर्न आउने क्रममा धिरजलाई अज्ञात समुहले रकम लुटी भागेको सूचनाको आधारमा धिरजसँग सोधपुछ गरेर उनीहरुको खोजतलास गर्दा धनुषाको शहिदनगर नगरपालिका वडा नं। ७ ताराटोलका २१ वर्षीय सुजित मण्डल र जनकपुरधाम उपमहानगरपालिका वडा नं। १६ का २१ वर्षीय छोटु झालाई नियन्त्रणमा लिइएको थियो ।
दुवै जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त शोरुममा काम गर्ने कर्मचारी धिरज कुमार अधिकारी, सुजित मण्डल र छोटु झाले शोरुमलाई झुक्याएर सो रकम आपसमा बाँडफाँड गर्ने सर्तमा योजना बनाई पैसा लुटेको र छोटुको घरमा लुकाई राखेको अवस्थामा प्रहरीको टोली पुग्दा ३ लाख ५६ हजार रुपैयाँ बरामद गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्थान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०९ साउन २०७७, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीमा दिइएका निवेदन-जाहेरीको प्रगतिबारे अब फोन वा एसएमएसबाटै जानकारी
नेपाल प्रहरीमा जवान पदको माग संख्यामा वृद्धि
प्राविधिक प्रहरीतर्फ विभिन्न पदमा भर्ना खुल्यो
२४ जना प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो सूचना
कैलालीमा प्रहरी जवानको मृत्यु, छानबिन समिति गठन
बैतडीमा निर्वाचन प्रहरीको मृत्यु