जनकपुरधाम । पेस्तोल देखाएर ३ लाख ७६ हजार रुपैयाँ लुटिएको घटनाका प्रमुख योजनाकार लुटिने व्यक्ति स्वयं रहेको खुलेको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो धनुषाको कमला नगरपालिका वडा नं। २ बस्ने बद्रि मण्डलका २० वर्षीय छोरा धिरज कुमार अधिकारीलाई पेस्तोल देखाएर ३ लाख ७६ हजार रुपैयाँ लुटपाट गरिएको घटनामा अधिकारी सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं। १७ कपिलेश्वर जलाद पुल नजिक रहेको टिभिएस शो–रुममा कार्यरत तीनैजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन ।
शोरुमको ३ लाख ७६ हजार रुपैयाँ जनकपुरस्थित बैँकमा जम्मा गर्न आउने क्रममा धिरजलाई अज्ञात समुहले रकम लुटी भागेको सूचनाको आधारमा धिरजसँग सोधपुछ गरेर उनीहरुको खोजतलास गर्दा धनुषाको शहिदनगर नगरपालिका वडा नं। ७ ताराटोलका २१ वर्षीय सुजित मण्डल र जनकपुरधाम उपमहानगरपालिका वडा नं। १६ का २१ वर्षीय छोटु झालाई नियन्त्रणमा लिइएको थियो ।
दुवै जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त शोरुममा काम गर्ने कर्मचारी धिरज कुमार अधिकारी, सुजित मण्डल र छोटु झाले शोरुमलाई झुक्याएर सो रकम आपसमा बाँडफाँड गर्ने सर्तमा योजना बनाई पैसा लुटेको र छोटुको घरमा लुकाई राखेको अवस्थामा प्रहरीको टोली पुग्दा ३ लाख ५६ हजार रुपैयाँ बरामद गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्थान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०९ साउन २०७७, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीका १० जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस (नामावलीसहित)
इलाका प्रहरी कार्यालय खैरहनीको नव–निर्मित भवन समुद्घाटन
गैरहाजिर २० जना प्रहरी कर्मचारीको नाममा प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
मिराजको समूहलाई प्रहरीले माइतीघरबाट हटायो
माइतीघरमा जेन जेडलाई प्रहरीले रोक्यो
प्रहरी सहायक निरीक्षक हरि भट्टराई बने बागमतीकै सर्वोत्कृष्ट