काठमाडौँ । सुनसरीको सिमावर्ती क्षेत्र हरिनगरमा सशस्त्र प्रहरी र तस्करहरुको समूहबिच दोहोरो झडप भएको छ । शुक्रबार राति भएको दोहोरो झडपमा एक प्रहरी र एक तस्कर घाइते भएका छन् ।
भारतबाट सामान तस्करी गरि नेपाल भित्र्याउँदै गर्दा प्रहरीले रोकेपछि झडप भएको थियो । झडपमा परि तस्करहरुले हानेको ढुङ्गा लागेर सशस्त्र प्रहरी जवान जीवराज विशंखे घाइते भएका छन् ।
उता प्रहरीको गोली लागेर एक तस्कर गम्भीर घाईते भएका छन् । पेटमा गोली लागेको उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । तस्करीको सामान रोक्नासाथ तस्करहरुले ढुंगामुढा गरेका थिए । ढुंगामुढा रोक्न र स्थितीमा नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ साउन २०७७, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास
युवा संघ र दुर्गा प्रसाईको समर्थकबीच बल्खुमा झडप
बारामा झडप, प्रहरीद्वारा आठ राउन्ड गोली फायर
लप्सीफेदीमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप, ९ जना घाइते
रूपन्देहीमा मजदुरका दुई समूहबीच झडप : एकको मृत्यु, तीन गम्भीर घाइते
वीरगञ्जस्थित बालसुधार गृहमा झडप, ३ प्रहरीसहित १४ जना घाइते