धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप

सफल खबर संवाददाता

मंगलबार, ०३ असार २०८२, १९ : ४८
धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप

काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाका समर्थकहरूबीच झडप भएको छ ।

उपमहानगरपालिका कार्यालय बाहिर समर्थकहरू झडपमा उत्रिएका हुन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिइरहेको छ । दुई पक्षबीच विवाद भएर झडपको अवस्था सिर्जना भएपछि प्रहरी टोली खटिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस