काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि दिउँसो ३ बजे सचिवालय बैठक बस्ने भएको हो ।
पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकलौटी ढंगले चलेको, पार्टीको सहकार्य बिनै मनलाग्दो निर्णयहरु गरेर बदनाम गरेको भन्दै अधिकांश नेताहरुले पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट राजिनामा मागेका छन् । तर ओलीले कुनै पनि पद नछोड्ने अडान दोहो¥याउदैं गएपछि पार्टी भित्र आन्तरिक कलह चुलिएको छ ।
पार्टीको विवाद उत्कर्षमा पुगेपछि दुवै अध्यक्ष बिच बारम्बार छलफल भएपनि सहमती हुन सकेको छैन् । हिजो शुक्रबार प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा यसअघि जारी स्थायी कमिटी बैठक स्थगित गरेर सचिवलाय बैठक बोलाउने सहमति भएको थियो ।
बिहीबार पनि प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । आन्तरिक विवाद मिलाउन भन्दै कैयौं पटक शीर्ष नेताहरु छलफलमा जुटे पनि निष्कर्षमा पुग्न सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ साउन २०७७, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
परराष्ट्र मन्त्रीको स्पष्टीकरण नेकपाद्वारा अस्वीकार