काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि दिउँसो ३ बजे सचिवालय बैठक बस्ने भएको हो ।
पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकलौटी ढंगले चलेको, पार्टीको सहकार्य बिनै मनलाग्दो निर्णयहरु गरेर बदनाम गरेको भन्दै अधिकांश नेताहरुले पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट राजिनामा मागेका छन् । तर ओलीले कुनै पनि पद नछोड्ने अडान दोहो¥याउदैं गएपछि पार्टी भित्र आन्तरिक कलह चुलिएको छ ।
पार्टीको विवाद उत्कर्षमा पुगेपछि दुवै अध्यक्ष बिच बारम्बार छलफल भएपनि सहमती हुन सकेको छैन् । हिजो शुक्रबार प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा यसअघि जारी स्थायी कमिटी बैठक स्थगित गरेर सचिवलाय बैठक बोलाउने सहमति भएको थियो ।
बिहीबार पनि प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । आन्तरिक विवाद मिलाउन भन्दै कैयौं पटक शीर्ष नेताहरु छलफलमा जुटे पनि निष्कर्षमा पुग्न सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ साउन २०७७, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपाले राजेन्द्र श्रेष्ठलाई पार्टीमा भित्राउँदै गर्दा घनश्यामले भित्राउनेछन् चन्ददेव जोशीलाई