काठमाडौं । भारतको बनारसमा नेपाली नागरिकमाथि भएको दुर्व्यवहार र नेपाली मन्दिरमा टाँसिएका पोस्टरको विषयमा उत्तरप्रदेश सरकारले कारबाही अघि बढाएको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्यासँग सम्बन्धित अभिव्यक्तिसँग जोडेर त्यहाँका नेपालीमाथि भएका दुर्व्यवहार गलत भएको भन्दै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यस्तो व्यवहार गर्नेलाई कारबाही थालिएको जानकारी दिएका हुन् ।
भारतस्थित नेपाली दूतावासले घटनाबारे चासो राख्दै शुक्रबार मुख्यमन्त्री आदित्यनाथसँग टेलिफोनमा चासो व्यक्त गरेको थियो । मुख्यमन्त्री आदित्यनाथ भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यसँगको कुराकानीका क्रममा नेपाली नागरिकमाथि भएको दुर्व्यवहारविरुद्ध कारबाही थालिएको जनाउ दिएको राजदूत आचार्यले बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०३ साउन २०७७, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु